शुक्लाफाँटामा बालविकास सहजकर्ताहरुका लागि तीन दिने शैक्षिक सामग्री निर्माण तथा पुर्नताजगी तालिम सञ्चालन


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा बालविकास सहजकर्ताहरुका लागि तीन दिने शैक्षिक सामग्री निर्माण तथा पुर्नताजगी तालिम शनिवार देखि सञ्चालन गरिएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाकाको आयोजनामा सञ्चालित तालिमको नगर प्रमुख रण बहादुर महराले व्यानर पढेर उद्घाटन गर्नु भएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै उहाँले बालविकास केन्द्र परम्परागत तरिकाले अब चल्न नसक्ने बताउनु भयो । भौतिक संरचनाको व्यवस्था हामी गछौं उहाँले भन्नु भयो, बालविकास सहजकर्ताहरुले नमूना बालविकास केन्द्र कसरी बनाउन सकिन्छ, यसका लागि कार्य अगाडी बढाउनु पर्छ, मिहिनेत गर्नु पर्छ । नीजि क्षेत्रबाट सञ्चालित शिशु स्याहार केन्द्र बालविकास केन्द्र संग प्रतिस्पर्धा गर्ने गरी नयाँ ढंगले बालबाविकास केन्द्र सञ्चालन गरिनु पर्नेमा उहाँले जोड दिनु भयो ।

नगर उप प्रमुख कल्पना जोशी पन्तले बालबाविकास केन्द्रमा बालबालिकाको सङख्या थोरै रहने गरेको गुनासो आउने गरेको बताउनु भयो । बालविकास केन्द्रमा बालबालिकाको आकर्शण कसरी बढाउन सकिन्छ । यसका लागि सहजकर्ताहरुले मिहिनेत गर्नु पर्ने उहाँले बताउनु भयो । बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको आनीबानीमा सुधार संगै अनुशासन र पढाई सीपको विकास गर्नका लागि सहजकर्ताको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले शिक्षा विकासको मेरुदण्ड भएकाले यसका लागि जनशक्ति तयार गर्न बालविकासको आनीबानीमा सुधार गर्नु पर्ने बताउनु भयो । बालबालिका स्वभावैले विभिन्न क्रियाकलाप र गतिविधिमा संलग्न हुने भएकाले उनीहरुलाई कुन बेला कुन सामग्री आवश्यक पर्छ, ती सामग्रीबाट के गर्न सकिन्छ भन्ने कुरा सोचि रहेका हुन्छन, त्यसको प्राप्तीको लागि आफै निर्णय लिन्छन उहाँले भन्नु भयो, उनीहरु साथी संग कुराकानी गरेर खेल्न मनपराई रहेका हुन्छन, त्यस बारे स्वनिर्णय लिन्छन ।

बालबाविकास केन्द्रमा यस्ता प्रबृत्ति र अभ्यासलाई प्रोत्साहन दिनका लागि बालबाविकास केन्द्रको सुधारमा केन्द्रीत भएर नगरपालिका अग्रसर भएको उहाँले उल्लेख गर्नु भयो । बालबाविका केन्द्र सञ्चालनको जिम्मा नगरपालिकाको भएकाले यसको सुधारका लागि कार्ययोजना बनाएर अगाडी बढने उहाँले बताउनु भयो । तालिम २७ गते देखि २९ गते सम्म सञ्चालन हुने छ । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका नायव प्राविधिक सहायक दिपेन्द्र जोशीले गर्नु भएको थियो ।तीन दिने तालिमको प्रशिक्षक बुक आर्ट नेपालका शान्ता दाहाल रहनु भएको छ । उद्घाटन कार्यक्रममा नगर प्रवक्ता लाल बहादुर ऐर, क्षेत्रिय सशहरी विकास आयोजनाका अर्थ विज्ञ मात्रिका घिमिरे, सामाजिक विकास विज्ञ कृष्ण घिमिरे लगायतको उपस्थीति रहेको थियो । तालिममा बालविकास केन्द्रका ३४ जना सहकर्ताको सहभागीता रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img