वैजनाथ इन्जिनियरिङ्ग कलेजको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न


कञ्चनपुर : भीनपा–२ उल्टाखाम स्थिीत बैजनाथ इन्जिनियरिङ्ग कलेजले आज एक कार्यक्रम बिच नयाँ विद्यार्थीलाई स्वागत गरेको छ भने पुराना विद्यार्थीलाई विदाई गरेको छ । यस कलेजले लामो समय देखि इन्जिनियरिङ्ग क्षेत्रमा डिप्लोमाइन सिविल इन्जिनियरिङ्ग र ओवरसियर पढाउदै आएको छ ।

यो २२ औं व्याचको विदाई कार्यक्रम रहेको थियो । शिक्षा क्षेत्रमा सुदूरपश्चिमका विद्यार्थीहरु माझ लोकप्रिय रहेको यस कलेजले अव नयाँ भर्ना सत्रमा स्नातक तहको ईन्जिनियरिङ्ग विषयको पढाइ गर्ने भएको छ । जगन्नाथ इन्जिनिररिङ्ग कलेजको नाम बाट स्नातक तहको ईन्जिनियरिङ्ग विषयमा पढाई हुने कलेजका पिआरओ धुव्रराज अवस्थीले बताउनु भयो ।
कलेजले यस वर्ष शिक्षा क्षेत्रमा तथा खेलकुदमा राम्रो स्थान हासिल गर्ने विद्यार्थीलाई पुरुस्कार वितरण पनि गरेको थियो, भने कलेजको स्वागत तथा विदाई कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गर्नुका साथै मुक्तक, कविता र कथा पनि वाचन गरेका थिए ।

आज भएको वैजनाथ इन्जिनियरङ्ग कलेजको स्वागत तथा विदाई कार्यक्रमका सभापति विद्यालयका जेष्ठ सदस्य ई. शेरु चन्द, प्रमुख अतिथी भीनपा–२ का वडा अध्यक्ष उक्तम प्रसाद भट्ट, विशिष्ट अतिथीमा कलेजका सल्लाहकार मोहन देव पन्त रहनु भएको थियो भने कार्यक्रम सञ्चालक धुव्रराज अवस्थीले गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img