आर्थिक अभावमा ब्रम्हदेबका क्यान्सर पीडित युवा खत्रीको उपचारमा समस्या


कञ्चनपुर : आर्थिक अभावमा कञ्चनपुरको ब्रम्हदेबका स्थानीय क्यान्सर पीडित युवा मदन खत्रीको उपचारमा समस्या भएको छ । उपचार खर्च अभावका कारण भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका क्यान्सर पीडित युवा खत्रीको उपचारमा समस्या भएको हो । कञ्चनपुरका स्थानीय युवा नेता दिपेन्द्र सिह ऐरीले आर्थिक अभावमा उपचारमा समस्या भएको बताए ।

उनका अनुसार खत्रीको बिपी कोईराला मेमोरियल केन्द्रीय अस्पतालमा उपचार भईरहेको छ । घर परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा बढी रकम खर्च हुने भएकाले समस्या भएको उनले बताए । हालै स्वास्थ्य राज्य मन्त्रीमा नियुक्त भएकी डा. तोसिमा कार्कीले कुनैपनि नेपाली नागरिक आर्थिक अभावमा समस्या खेप्नु नपर्ने र मृत्युको मुखमा पुग्न नदिने भाषण गरेपनि कञ्चनपुर सीमावर्ती ब्रम्हदेबका गरिब जनता पैशाको अभावमा मृत्युको मुखमा पुग्नुपर्ने विडम्बना रहेको बताए ।

सहयोगका लागि खत्री परिवारले सरकारी गैर सरकारी निकायमा अपिल गरेको छ । खत्री परिवारले सनराईज बैंक शाखा महेन्द्रनगरको ०४८१०१२२०२२०५००१खाता नम्बरमा सक्दो सहयोगका लागि अपिल गरेका छन ।


ताजा समाचार

spot_img