फ्लोरिडा ईन्टरनेश्नल बोडिङ्ग स्कुलद्वारा फिब्स उत्सव २०७९ मनायौं


कञ्चनपुर :  फलोरिडा ईन्टरनेश्नल बोडिङ्ग स्कुल कञ्चनपुरले फिबस उत्सव २०७९ भव्यताका साथ मनाएको छ । जसमा नर्सरी देखि लिएर कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको स्कुलका प्रधानाध्यापक जयराज ओझाले बताउनु भयो । ६५० जना विद्यार्थी रहेको फलोरिडा ईन्टरनेश्नल बोडिङ्ग स्कुल सुदूरपश्चिममैं नाम चलको विद्यालयहरु मध्ये एक पर्दछ । जहाँ नौ वटै जिल्लाका विद्यार्थीहरु पढन आउने गर्दछन् । यसको आफ्नै छात्रावास रहेको छ ।

आज भएको फिब्स उत्सव २०७९ मा विद्यार्थीहरुद्वारा तयार पारिएको विभिन्न किसिमका खानाको प्रकार रहेको थियो जसमा थारु खाना बढी रुचाईको थियो । त्यसै गरी विद्यार्थीहरुले आफै तयार पारेको विभिन्न खालका कला संस्कृत झल्किने आर्टहरु थिए भने विद्याथीहरुले विज्ञान सँग सम्बन्धीत विभिन्न खालका यन्त्रहरुको निर्माण गरी प्रर्दशन गरेका थिए । आजैका दिन दोस्रो त्रैमासिक परीक्षाको परीक्षा फल पनि प्रकाशन गरिएको छ ।

२०५७ सालमा शिक्षा प्रेमी तथा समाज सेवी स्व.प्रताप राम लोहारद्वारा स्थापित विद्यालयमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा समेत दिर्दै आइरहेको छ । जुन त्यहाँ बाट उर्तिण भएर गएका विद्यार्थीहरु अहिले देशको विभिन्न क्षेत्रमा राष्ट्र विकासको लागि आफ्नो योगदान दिदै आइरहेका छन् ।


ताजा समाचार

spot_img