कञ्चनपुर : सडक स्तरोन्नतीको माग गर्दै शुक्लाफाँटा नगरपालिका ११ दशरथ, मालिका टोलका बासिन्दाले आज ध्यानाकर्शण पत्र बुझाएका छन । टोलका बासिन्दाले शुक्लाफाँटा बहु प्राविधिक शिक्षालय झलारीलाई ध्यानकर्शण पत्र बुझाएका हुन । शिक्षालयको भवन निर्माणका सञ्चालन भैरहेका सवारी साधनले टोलको सडक क्षेत्रमा खाल्टा खुल्टी पर्नगै हिडडुल गर्न अप्ठेरो भएपछि ग्राभेल गरी सडक कालोपत्रेको माग गर्दै टोलवासी शिक्षालयको कार्यालय पुगेका छन ।
शिक्षालयको भवन निर्माण स्थल सम्म आठ मिटर चौडाई भएको सार्वजनिक सडक निर्माण गरी तत्काल कालोपत्रे गर्नका लागि माग गरेका छौं निवर्तमान वडा अध्यक्ष दिल बहादुर बुढाले भने, माग पुरा नभए भवन निर्माणको कार्यमा अवरोध आउन सक्छ । दुवै टोलवासीले संरक्षण गरेको नौ विघा जग्गा शिक्षालयको भवन निर्माणका लागि उपलव्ध गराएका छन । शिक्षालयमा ध्यानाकर्शण पत्र बुझाउनका लागि टोलका ४२ जना व्यक्ति पुगेका थिए । शिक्षालयका प्रमुख दीपक बिष्टले तत्काल योजनामा सडक चौडा गर्ने, स्तरोन्नती र कालोपत्रे गर्ने कार्य नभएको बताए ।
उनले भने, टोलबासीले ध्यानाकर्शण पत्र बुझाएका छन, यसबाट शिक्षालयको भवन निर्माण स्थल सम्म पुग्ने सडक स्तरोन्नती गर्नका लागि सहज हुने भएको छ , टोलबासीको माग माथिल्लो निकायमा पठाउछु, सडक बनाउनुनै पर्ने हो, बनाउनका लागि दवाव भएको छ । वडा कार्यालयले समेत सडक कालोपत्रे गर्नका लागि शिक्षालयलाई सिफारिस सहित माग गरेको
छ ।
छ ।






