महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालीका भाँसी ३ स्थित लिटिल बुद्ध एकेडेमी उच्च माध्यमीक विद्यालयले विद्यार्र्थीहरुमा रहेको प्रतिभाको खोजी गर्न २ दिने बिभिन्न किसिमका कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रवार र शनिवार आयोजना हुने कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेको बिज्ञानका सामग्री प्रदर्शनी, फुड स्टल, कागजबाट निर्मित बिभिन्न हस्तकला सामग्री प्रदर्शनी र कल्चरल नुत्य कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सीपल श्यामसिंह मौनीले जानकारी दिएका छन् । विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको उनले बताए । विद्यार्थीहरुलाई कक्षाकोठाको ज्ञान मात्रै नभएर उनिहरुमा रहेको भित्री सिप, कला, तथा क्षमताको पहिचान गर्ने र उनिहरुलाई प्रोत्साहन गर्ने टिम कार्य गर्न सिकाउने र हौसला प्रदान गर्ने उद्देश्य रहेको उनले बताए ।
बिभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरुस्कारको व्यवस्था पनि रहेको र फुड स्टलबाट उठेको केही रकमलाई सामाजिक उत्तरदायित्व कार्य अन्र्तगत अनाथालाय तथा वृद्धाआश्रममा दान दिने योजना रहेको उनले जानकारी दिए । वि.सं. २०६३ साालमा स्थापित लिटिल बुद्ध एकाडेमीले नेपालकै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाईसकेको छ । वि.सं.२०६३ सालमा नर्सरी देखी कक्षा ८ सम्मको पठनपाठन गराउदै स्थापना भएको विद्यालयले २०६५ सालमा कक्षा १० सम्म पठपानठन गराउन शुरु ग¥यो । त्यस्तै विद्यालयले वि.सं. २०६९ सालमा ११ कक्षाको पठनपाठन सञ्चालनमा ल्यायो । हाल विद्यालयले +२ मा बिभिन्न संकायमा पठनपाठन गराउदै आएको छ ।
विद्यालयले कञ्चनपुर तथा देशकै शैक्षिक क्षेत्र लगायत खेलकुद, सामाजिक लगायत अन्य क्षेत्रमा समेत अह्म भुमिका निर्वाह गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक मौनीले लिटिल बुद्ध एकाडेमीले देशकै शैक्षिक क्षेत्रमा ठुलो भुमीका निर्वाह गरेको बताए । साथै विद्यालयले उत्कृष्ट मावी २०७७ र २०७८ बाट सम्मानित भएको छ । स्थानिय तथा अभिभावकहरुको साथ, सहयोगले विद्यालय यो स्थानमा पुग्न सफल भएको प्रधानाध्यापक मौनीले बताए । उनका अनुसार विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म २ हजार ७ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयबाट माध्यमिक तह अध्ययन गरी गएका धेरै विद्यार्थीहरु देशको विभिन्न क्षेत्रमा सेवा गरीरहेका र केही देश÷विदेशमा उच्च शिक्षा अध्ययन गरीरहेका प्रधानाध्यापक मौनीले बताए ।
आजको उद्यघाटन कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिह खातीले गर्नु भएको थिायो । कार्यक्रममा प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिहं थापा रहनु भएको थियो भने विशिष्ट अतिथीमा नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक श्यामसुन्दर ढकाल, सुदुूरपश्चिम विश्वविद्यालयका पूर्व डिन टेकराज पन्त, नवप्रतिभा बोडिङ्ग स्कुलका प्राधानाध्यापक बिर बहादुर चन्द रहनु भएको थियो । कार्यक्रम विद्यालयका शिक्षक घनश्याम भट्टले गर्नु भएको थियो ।







