कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर पार्क चिटिक्क, आकर्षित हुन थालेपछि पार्क भित्र अवलोकन गर्ने र विभिन्न संघ संस्थाबाट कार्यक्तम हुन थालेका छन । बिहीबार मात्रै भूमिहिन सुुकुमबासीले पार्कभित्र माघी मिलन कार्यक्रम गरेको छ । आयोजक संस्थाले पार्क सुधारका साथै चिटिक्क, आकर्षित हुन थालेपछि कार्यक्रमका लागि पार्क छनौट गरेको बताएको छ ।

केही दिनदेखि भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेत नेतृत्वमा पार्क सुधारका कामकाज अघि बढेका छन । चारैतिर सफाईदेखि आकर्षित पार्ने काम हुन थालेपछि व्यक्तिदेखि संघ संस्थाको रोजाईको गन्तव्य बनिरहेको हो । कार्यक्रममा आएका अधिकाँस अथिति एव वक्ताहरुले थारु समुदायको माघि मिलनका साथै पार्क सुधार भएको विषयमा बोलेका थिए । कार्यक्रममा थारु समुदायको लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएका थिए ।

भूमिहिन सुुकुमबासीकी राज कुमारी थारु(डगौरा)को अध्यक्षतामा भएको कार्यक्तममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले थारु समुदायको माघीले लोक संस्कृति संरक्षणमा टेवा पुग्ने बताए । यस्ता कार्यक्तम मार्फत लोक संस्कृतिको संरक्षण हुने प्रदेश सभा सदस्य रानाको भनाई थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।







