सीमावर्ती निकुञ्जको चोरी तस्करी नियन्त्रणका लागि नेपाल भारत संयुक्त बैठक


कञ्चनपुर : नेपाल भारतका संरक्षणकर्मी एव सरोकारवाला निकायविच चोरी तस्करी नियन्त्रण गर्दै जैविक विविधता संरक्षणका लागि छलफल भएको छ । शुक्रबार कञ्चनपुरको बेलडाँडीमा भएको नेपाल भारतका संरक्षणर्की सरोकारवाला निकायविच चोरी तस्करी नियन्त्रण गर्दै जैविक विविधता संरक्षणका लागि छलफल भएको हो ।

छलफलमा दुबै देशका सरोकारवाला निकायले नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भईरहेको गैर कानुनी चोरी तस्करी नियन्त्रणका लागि आ–आफ्नो तर्फबाट प्रयास गर्ने थप छलफलका लागि भारतमै संयुक्त बैठक गर्ने सहमती भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव विष्टले बताए । कालिकिच मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव विष्ट प्रमुख अतिथि रहेका थिए ।

भने भारत टाटरगञ्जका ग्राम पञ्चायत मञ्जित सिह, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज कुमार ठगुना बिशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा नेपाल भारतका संरक्षणकर्मी सरोकारवाला सहभागि रहेका थिए ।


ताजा समाचार

spot_img