बैजनाथ आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थीत बैजनाथ आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार मनाईएको छ । वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रिउने ठगुन्नाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान प्रतिनिधि सभाका सांसद नर बहादुर धामी रहनु भएको थियो । कार्यक्रमा बोल्दै सांसद धामीले विद्यालयको चौतर्फि विकासका लागि सक्दो पहल गर्नु बताए ।

No description available.

सांसद रहेका बेला विद्यालय लगायत यस क्षेत्रको विकासमा कटिवद्ध रहेर कार्य गरेको चर्चा गर्दै उनले विद्यालयको गुणस्तरमा बृद्धि गरी नगरपालिका क्षेत्रकै नमूना विद्यालय बनाउन सघाउने शिक्षक, अभिभावकको सह्राना गरे । कार्यक्रमका बिशिष्ट अतिथि वडा अध्यक्ष बहादुर सिंह महराले विद्यालयमा भौतिक पूर्वाधारको कार्य भैरहेको बताए । नीजि दुई जना शिक्षकको तलव वडाकै पहलमा व्यहोर्दै आएको चर्चा गर्दै उनले विद्यार्थीलाई सुद्ध पेयजल उपलव्ध गराउनका लागि अटोमेटिक बारिङ जडानको कार्य अन्तिम चरणमा पुगेको बताए । नमूना विद्यालय बनाई छाडने उनको अठोट थियो ।No description available.

कार्यक्रममा विद्यालयको गतिविधि बारे प्रद्यानाअध्यापक अमर सिंह महराले प्रकास पार्नु भएको थियो । विद्यालयका जेहन्दार, खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, सञ्चारकर्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व पदाधिकारी, शिक्षक, बिद्यार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मदन सिंह ठगुन्ना र भागरथी ग्वाईलाले गर्नु भएको थियो ।No description available.


ताजा समाचार

spot_img