कञ्चनपुर : विद्यार्थीको हक हितमा कार्य गर्दै आई रहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले ६ बुँदे माग सहित ७ दिने अल्टिमेटम दिएको छ । बुधबार प्रेस विज्ञप्तीजारी गर्दै विद्यार्थी समस्या समयमै समाधान गर्न आग्रह गरेको छ । विद्यार्थी संगठन सदैव विद्यार्थी हक अधिकार, बेतिथी विसङ्गति र अन्याय अत्याचारका विरुद्धमा आवाज उठाउदै आफ्ना मागहरु पेस गरेको छ ।
विद्यार्थी संगठन मागहरु प्रस प्रकार छन् :
१) सुदुपश्चिम विश्व विद्यालय केन्द्रिय क्याम्पस लगायत सम्पुर्ण आङ्गिक क्याम्पसहरुमा प्रत्येक संकायमा शिक्षकको कमि भई पढाई नियमित नभइरहेको अवस्थामा प्रत्येक संकायमा विद्यार्थी अनुपात र कक्षा अनुसार आवश्यक शिक्षक तथा कर्मचारी तुरुन्त निष्पक्ष रुपमा सेवा आयोग वा करारमा नियुक्ति गर्ने ।
२) विश्व विद्यालय भित्र रहेका सम्पूर्ण सवारी साधनमा विश्वविद्यालयको ट्याग लगाउन माग गर्दछौं । ३) विश्वविद्यालयमा कार्यरत पुर्णकालिन शिक्षकहरुले विश्वविद्यालयको मापदण्ड पुरा भरेर मात्र बाहिर
अन्य शैक्षिक संस्थाहरु अध्यापन गराउने व्यवस्था गरिओस् । ४) विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले पछिल्ला बर्षहरुमा गरेको त्रुटिपूर्ण नतिजालाई सच्याउनुका साथै परिक्षाफल समयमै प्रकाशित गर्ने माग गर्दछौं । (५) सम्पूर्ण रोकिएका छात्रवृति तुरुन्त खोल्न हुन माग गर्दछौं । ६) विश्वविद्यालयमा लामो समय देखि रिक्त रहेका विभिन्न पदहरुमा यथाशिघ्र नियुक्ति गर्ने ।
आफ्ना मागहरु प्रति वेवास्ता गरे चरण वद्ध आन्दोलनमा जाने अध्यक्ष प्रेम रावलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।







