कञ्चनपुर : कञ्चनपुरमा निर्वाचनको समिक्षा गरिएको छ । सम्बाद समुहले ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको समिक्षा गरेको हो । निर्वाचन आचार संहिता, मतदाताको उत्साह, मतदाता शिक्षा, मतदान स्थल, अनुगमन एव आगामी निर्वाचनलाई कसरी सहज बनाउने विषयमा समिक्षा गरिएको छ ।

समिक्षा कार्यक्रममा जिल्लाका सरोकारवाला प्रतिनिधीले निर्वाचन जिल्लामा शान्तिपृुर्ण तरिकाले भएको, केही मात्रै आचार संहिता उलङघनका घटना घटेको, मददाताहरुमा उत्साह नदेखिएको, मतदान स्थलमा भिडभाँड पुर्ण व्यवस्थित नभएको, अनुगमन गरिएको र आगामी निर्वाचनमा निर्वाचन स्थल थप्नुपर्ने र थप आचार सहिता कडाई गर्नुपर्नेमा जोडदिईएको छ । सम्वाद समुह कञ्चनपुरका सहजकर्ता गगन खत्रीले सहजिकरण गरेको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधी, प्रशासन, सुरक्षा निकाय सरोकारवाला निकायको सहभागिता रहेको थियो ।







