कन्चनपुर : कन्चनपुरमा रिलायन्स फाइनान्स लिमिटेडको १३औं वार्षिकोत्सबको अवसरमा रक्तदान र महाकाली प्रादेशिक अस्पताल मा फलफूल वितरण गरेको छ ।
रिलायन्स फाइनान्स लि. कन्चनपुर शाखाका प्रमुख महेश प्रसाद भट्ट ले १० जनाले रक्तदान गरेको र महाकाली प्रादेशिक अस्पताल मा फलफूल वितरण गरेको बताए।
सामाजिक दायित्व निर्वाह गर्दै सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले बार्षिक उत्सवको अवसरमा सो कार्य गरेको प्रमुख भट्टले बताए।






