कन्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नं १८ प्रगति टोलमा ठग महिला बाट स्थानीयहरू लुटिएका छन्। पुराना भाडाकुडा संग नया भाडाकुडा साटने भन्दै टोलमा आएकी महिला बाट स्थानीयहरू लुटिएका हुन । पहिले पुरानो भाडाकुडा साटेर विस्वास दिलाउन सफल भए पछि चादि र सुनका गहना पनि नया दिने तथा भने अनुसारको मुल्य दिने भन्दै चादी र सुनका गहना लगेर पछि आएर फिर्ता गर्ने भन्दै लगेर गएकी हुन्।

स्थानीय पिडित महिला कुसुम चौधरीले बताउनुभयो उहाँका अनुसार १२ परिवार भन्दा बढी घरधुरी का स्थानीय लुटिएका छन्। हिन्दी भाषा बोल्ने महिलाले महेन्द्र नगर बसपार्क नजिकै बस्ने गरेको बताए को पिडित चौधरीले बताउनुभयो। ति महिला बाट लुटिने मा कुसुम चौधरीको ४ आना सुन, आदि चौधरी ५ आना सुन, घुम्नी देवी चौधरी १३ आना सुन, लक्ष्मी चौधरी ४ आना सुन १ जोडी पायल, जयन्ती चौधरी १५ आना सुन, रुपनी डंगौरा ५ आना सुन, लक्ष्मी डंगौरा ७ आना सुन, चित्रा चौधरी ४ आना सुन लगेर गएकी थिइन्। उनको खोजी गरिदिन आग्रह गर्दै अरुलाइ पनि लुटिन बाच्न पिडितहरुले अनुरोध गरेका छन्।







