कञ्चनपुर पूर्णखोप सुनिश्चितता घोषणा

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको तराईको जिल्ला कञ्चनपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको
छ । मंगलबार एक कार्यक्रमका विच जिल्ला पूर्ण खोप समन्वय समितिले कञ्चनपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोबिन्दराज बोहराले कञ्चनपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै स्वास्थ्य क्षेत्रमा मन्त्रालयले थुप्रै काम गर्ने प्रतिद्धता जाहेर गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गत बर्षदेखि नै जिल्लालाई पूर्णखोप सुनिश्चितताका लागि कामकाज अघि बढाएको बताए । बालबालिलाई दिनुपर्ने ११/१२प्रकृतिका खोप दिईरहेको बताए । स्वास्थ्य कार्यालय प्रमुख सुनारले जिल्लाका सबै पालिकाले घोषणापछि जिल्लाले गरेको बताए ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले १६ महिनादेखि माथि २३ महिनाभित्रका ८ हजार बालबालिका सबैले पाउनुपर्ने खोप पाएको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख समेत रहेका जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष दुर्गादत्त बोहराको अध्यक्षतामा पुर्णखोप सुुनिश्चितता तथा दिगोपना घोषणा गरिएको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img