दशरथ रंगशालामा एम्पुटी फुटबलको रौनक ,खेलाडी हर्षित

काठमाडौ :नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भए लगत्तै मतगणनाको जताततै चहलपहल चलिरहेको बेलामा अपाङ्गता भएका व्यक्तिहरुले खेलिने एम्पुटी फुटबलले काठमाडौको त्रीपुरेश्रर स्थित दशरथ रंगशालामा रौनक ल्याएको छ।No description available.“स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ पारा राष्ट्रिय खेलकुद मा आबद्ध संस्था
एम्पुटी खेलकुद समाज नेपाल द्धारा आयोजित एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता-२०७९ को उद्धघाटन भएको छ।No description available.
राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा त्रीपुरेश्वर ,काठमाडौ स्थित दशरथ रंगशालामा एम्पुटी खेलकुद समाज नेपालले आज जेठ ६ शुक्रबार बाट एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता -२०७९ को आयोजना गरेको हो। जसमा तीन टिम बिच दशरथ रंगशालामा प्रतिस्पर्धात्मक खेल भएका थियो।No description available.प्रतियोगिता लिक आधारमा संचालन गरिएको थियो। जसमा पहिलो खेल आर्मी एम्पुटी फुटबल टिम र विल्याक वाक बिच भएको खेलमा आर्मीले २-० गोलले जित निकालेको थियो। दोस्रो खेल पिस युनाइटेड एम्पुटी र आर्मी बिचको खेल १-१ गोलको बराबरी खेलेको थियो। उक्त दिनको तेस्रो खेल पिस युनाइटेड र बिल्याक वाक बिच भएको खेलमा ३-१ गोलले पिस युनाइटेडले जित निकालेको छ। आर्मी र पिस युनाइटेड फाइनल जेठ ७ गते सनिवार खेल्ने छ्न्।No description available.फाइनल खेल भोलि बिहान ८ बजे दशरथ रंगशालामा हुने छ। प्रतियोगिताको फाइनल दोस्रो दिन जेठ ७ गते दशरथ रंगशालामा सञ्चालन हुने एम्पुटी खेलकुद समाज नेपालका अध्यक्ष मदन मान सिं रोकायाले बताउनु भएको छ। उनले भने ‘ सरकार विनियोजन गरेको बजेट प्रयाप्त नभएको र काठमाडौ भ्यालीमा भएको खेलाडी लाईमा मात्र खेलमा सहभागिता गराउन सम्भव हुँदा देश भरिमा एम्पुटी फुटबल खेलाडी ४/५ सयको हाराहारीमा रहेता पनि सबैलाई समेट्न सकिएको छैन, आगामी दिनमा सरकारले बजेट विनियोजन गर्दा अझै प्रभावकारी हिसाबले छुट्ट्याउदा सबैलाई समेट्न सकिने अध्यक्ष रोकायाले बताउनु भयो। खेलकुद क्षेत्रमा एम्पुटी फुटबलको पहिला भन्दा खेलकुद क्षेत्रमा विकास भएको छ।’No description available.
खेलाडी खेलप्रति आकर्षण हुँदा सांगो व्यक्तिले खेल्ने फुटबल खेलाडी भन्दा एम्पुटी फुटबल खेलाडीले खेल्दा सारै गाह्रो हुन्छ , त्यसैमा खेलाडीको खेलकुद बिकासको लागि राष्ट्रले थोरै लगानी लगाएको छ, त्यो सकारात्मक पनि हो। बितेका तीन वर्षमा खेलाडी लाई बल हान्न पनि आउन्थेन,अहिले तीन वर्षमा (अभ्यास) प्रशिक्षण निरन्तर गर्दा राम्रो भएको छ फुटबल प्रशिक्षक चक्र बहादुर तामाङले बताउनु भयो। उनले भने,आगामी आउँदा दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेल्नको लागि सरकारले आर्थिक रुपमा मोटिभेट गर्दा राम्रो हुन्थ्यो ,एसियामा नेपालको टिमले फाइनल पुग्ने सम्मको बलियो रहेको छ, अब आउँदा दिनमा काठमाडौ बाहिर रहेका खेलाडी लाई प्रशिक्षणमा ल्याउन आर्थिक रुपमा कमजोर रहेको हुँदा सरकारके बजेट विनियोजन गर्दिदा प्रतियोगिताहरु आयोजना गर्न सजिलो हुने फुटबल प्रशिक्षक तामाङ बताए।No description available.सरकारले निरन्तर पारा खेलकुद लाई सोचेअनुरुप बजेट छुट्ट्याउन नसक्दा आर्थिक रुपमा पनि पछाडि पारेको देखिन्छ ।
प्रतियोगिता खेल्नको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता त सोच्नु मात्रै हो, नेपालमै राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना हुँदा आफुहरु लाई सहज हुने खेलाडी बताउन्छ। एउटा प्रतियोगिता जो आज दशरथ रंगशालामा खेल्न पाउदा सबै जना हर्षित भएका छन् ।No description available.No description available.No description available.

ताजा समाचार