बडवाल टोलको बादी घरपरिवारमा बस्न र खानाको चरम अभाव

‘फोहर पानी पिउदै आएका बादी परिवार प्रचण्ड गर्मीको बेला त्रिपाल मुनी बस्दा केही बालबालिका बिरामी समेत हुदै आएका छन् । बादी घरपरिवारको पिडालाई दोधारा चाँदनी नगरपालिका कार्यालयले समेत गम्भिर नभएको देखिन्छ् । दोधारा चाँदनी नगरपालिकामा क्रियाशिल भनिएका गैर–सरकारी संस्थाहरुलाई बडवाल टोलको बादी घरपरिवार दैनिकी चलाउन समस्या परेको पिडाले जिस्काएको छ् । मानविय कार्यमा आफुलाई अभियन्ता भन्न रुचाउनेहरु बादी घपरिवारको पिडाले किन दुखेन् ? उनिहरुको ४ घरपरिवारको झण्डै ११ जना ६ महिना देखि १३ वर्ष सम्मका बालबालिका बिद्यालय जादैनन् । बालबालिकाहरु भारतमा हुदा उनिहरुका आमा बावुले गर्दै आएको ज्याला मजुरी कार्यमा सघाउदै आएको १३ वर्षिय भुपेन्द्र बादीले बताएका छन् । ‘हामीलाई पढेर ठुलो मान्छे बन्न रहर त छ तर पढ्नको लागी हामी संग पैसानै छैन्’ तोते बोलीमा भुपेन्द्र बादी भन्छन् ।’

No description available.

दोधारा

दोधारा चाँदनीका बडवाल टोलका बादी घरपरिवार खाना र बस्नको समस्याले हैरान छन् । नेपाल सरकारले जग्गा दिने भनेको थाहा पाएपछि भारतबाट फर्केका आएका बादी घरपरिवार बडवाल टोलमा खाना र बस्नको समस्याले पिल्सीरहेका छन् । उनिहरु नेपाल सरकार र तत्कालिन द्धन्द्धको समयमा बिस्तापित भएर भारत पलाएन भएका हुन् । तत्कालिन द्धन्द्धको समयमा बादीका ५ घरपरिवार संग ७ बिघाह भन्दा बढी ऐलानी जग्गा रहेको उनिहरुले बताएका छन् । अहिले उनिहरु बडवाल टोल नजिक सडक छेउमा त्रिपाल टाँगेर आफ्नो जहान परिवार संग बस्दै आएका छन् ।

हावा हुरीले उनिहरुको त्रिपाल समेत च्यातेर धुजा धुजा बनाउदा समेत त्रिपाललाई टालटुल पार्दै रात बिताउदै आएका छन् । आकाशको पानी च्यात्तीएको त्रिपालबाट सबै भित्र पसेर जहान परिवारलाई बिहान सम्म निथुैक्क भिजाउदा आँखाबाट आँशु चुहिएर आउने गरेको बादी परिवारहरु बताउछन् । जगबुडा नदीको किनारमा माछा मारेर वा गाँउ बस्ती चहारेर माँगेको रासनले उनिहरुको दैनिकी बित्दै आएको छ् । उनिहरुमा खाद्यान्नको चरम अभाव छ् । दाताहरुले केही राहत दिएपनि दिएको राहत सक्कीएको छ् । कारोना संक्रमणले माँगी खाने काममा समेत अबरोध आएको कारण एक छाक खानको लागी पनि धौं धौं पर्न थालेको उनिहरुले बताएका छन् । त्रिपाल मुनी चुल्हो बल्न नसकेकाले रोगले भन्दा भोकले मरिने पो हो कि भन्ने चिन्ता उनिहरुमा छ् ।

बादी घरपरिवारमा भोकमरी छाउदै गरेको अवस्थामा पछाडि पारिएका वर्ग दलित समुदायको आधारभूत आवश्यकता भोक मेटाउन दैनिकी खानाको लागी सहज परिपूर्ति गर्ने काम राज्यको दायित्व हो । संचारमाध्यममा बडवाल टोलको बादी घरपरिवारको समाचार आउदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी लगाएतको एक टोलीले केही अघि मात्रै अनुगमन गरेको हो । मन्त्री सुवेदी लगाएत सामाजिक विकास समितिका सभापति कुन्ती जोशी, प्रदेश सांसद तथा पुर्व राज्य मन्त्री प्रकास रावल, प्रदेश सांसद मान बहादुर सुनार, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बडुवाल टोलमा रहेका वादी समुदाय समस्या, चुनौती र आवासको वस्तुगत स्थिती बारे अनुगमन गरेका हुन ।

सरकारका मन्त्री लगाएत टोलीले अनुगमन गरेर फर्के पनि उनिहरुको अवस्था जस्ताकै तस्तै रह्यो । बादी घरपरिवारले जगबुडा नदीको पानी खान बाध्य छन् । उनिहरु संग खाने पानीको लागी आफ्नो नल समेत नभएको हुदा पिउने पानीको लागी जगबुडा नदीको पानी प्रयोग गर्दै आएका बिष्णु बादीले बताएका छन् । नदीको पानी फोहर हुन्छ, बिरामी परिन्छ भन्ने थाहा हुदा हुदै उनिहरु संग अन्य विकल्प नभएको कारण जगबुडा नदीको पानी पिउन बाध्य भएको उनको भनाई रहेको छ् । फोहर पानी संग प्रचण्ड गर्मीको बेला त्रिपाल मुनी बस्दा केही बालबालिका बिरामी समेत हुदै आएका छन् । बादी घरपरिवारको पिडालाई दोधारा चाँदनी नगरपालिका कार्यालयले पनि चिन्ता नमानेको देखिन्छ् ।

दोधारा चा“दनी नगरपालिकामा क्रियाशिल भनिएका गैर सरकारी संस्थाहरुलाई बडवाल टोलको बादी घरपरिवार दैनिकी चलाउन समस्या परेको पिडाले जिस्काएको छ् मानविय कार्यमा आफुलाई अभियन्ता भन्न रुचाउनेहरु बादी घपरिवारको पिडाले किन दुखेन् ? उनिहरुको ४ घरपरिवारको झण्डै ११ जना ६ महिना देखि १३ वर्ष सम्मका बालबालिका बिद्यालय जादैनन् । बालबालिकाहरु भारतमा हुदा उनिहरुका आमा बावुले गर्दै आएको ज्याला मजुरी कार्यमा सघाउदै आएको १३ वर्षिय भुपेन्द्र बादीले बताएका छन् । ‘हामीलाई पढेर ठुलो मान्छे बन्न रहर त छ तर पढ्नको लागी हामी संग पैसानै छैन्’ तोते बोलीमा भुपेन्द्र बादी भन्छन् ।

शिक्षाको पहुच बाहिर रहेका बादी घरपरिवारका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन स्थानिय सरकार र सरोकारवाला चनाखो बन्नु पर्ने बेला आएको छ् । छिमेकीमा साना छोराछोरीलाई मिठो खाने कुरा खुवाएको देख्दा आफुले आधा पेट खाएर बा“की छोराछोरीलाई दिई प्राण बचाउनु परेको बाध्यता रहेको पुष्पा बादीले बताए । दुब्ला, पातला देखिने साना बालबालिकाले पुरै पेट खाना नपाएको कारण समय समयमा बिरामी पर्ने गरेको उनको भनाई रहेको छ् । बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ, सितला बादीले भनिन्, ‘सरकारलाई जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले थोरै पनि जग्गा दिएको भए बाँसको ब्यवस्था हुने थियौ’ सितला बादीले भने ।

सितलालाई छोराछोरी पढाउने ईच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुदा विद्यालय पठाउन नसकेको पीडा सुनाईन् । ‘नानीहरुलाई पढाउन त मन छ तर, घर बासको ठेगाना छैन् नानीहरुलाई कसरी पढाउने ?’ सितलाले थपिन् । आफ्नो निजी जमिन र सम्पत्ती नभएका बादी समुदायका सर्वसाधारण जिवन निर्वाह र आधारभूत आवश्यकता पुरा गर्नका लागि अहिले संघर्षरत छन् ।

बिगतका दिनहरुमा आफ्ना र अर्काका पीडा गीत मार्फत सुनाउदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएको बादी समुदाय अहिले नयाँ जिवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । उनीहरु अब आफै आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बादी घरपरिवारहरु बताउछन् । उनीहरुको ईच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराईदेओस् भन्ने छ् । उनिहरुले नेपाल सरकारले घर बनाउन थोरै भएपनि जग्गा संगै सामान्य घर बनाउन सहयोग गरे अन्य जिवन जिउने आधार आफै बनाईहाल्ने आशा उनिहरुमा छ् ।

 

ताजा समाचार

spot_img