कञ्चनपुर : हाडनाताकरण मुद्दामा दार्चुला डाँडाकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आफुभन्दा १० बर्ष जेठी महिलासंग करणी गर्ने मालिकार्जुन .५ डाँडाकोटका ३२ बर्षिया हरिश राम लुहार र ४२ बर्षिया पार्वती लुहार पक्राउ परेका हुन ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार दार्चुला प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत दार्चुलाको १३जेठ ०७२को फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ बर्ष कैद सजाय र एक जरिवाना तोकिएका राम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र हजार जरिवाना तोकिएकी पार्वती लुहारले कैद र जरिवाना नतिरेपछि पक्राउ गरेर जेल चलान गरिएको जनाएको छ ।







