कञ्चनपुर । नेपालको सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल केवल आवत जावत गर्ने माध्यम मात्र थिएन, यो पुल महाकालीपारि को नागरिकलाई आफ्नो देश संग प्रत्यक्ष जोड्ने ऐतिहासिक पहिचान थियो । विसं. २०६१ सालमा निर्माण सम्पन्न भएको यस पुलले दोधारा चाँदनीका हजारौं नागरिकको जीवनमा नयाँ आशा, सम्भावना र सहजताको ढोका खोलेको थियो । पुल निर्माण हुनु अघि दोधारा चाँदनीवासीलाई महेन्द्रनगर पुग्न भारतीय भूमिको बाटो हुदै बनबासा पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो । कतिपय अवस्थामा महाकाली नदीमा जोखिमपूर्ण ट्युब यात्रा गर्नुपर्ने अवस्था समेत थियो । करिब १ हजार ४५२.९६ मिटर लम्बाई र १.६ मिटर चौडाइ रहेको यो पुल त्यस समय एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रुपमा परिचित थियो । यसमा १२ वटा सेक्सन, आठवटा मुख्य टावर तथा चारवटा मुख्य स्पान रहेका छन् ।
पुल निर्माणको ऐतिहासिक पृष्ठभूमि
विसं. २०५७/५८ सालतिर सुरु भएको मानिने यस ऐतिहासिक आयोजनाले विसं. २०६१ सालमा पूर्णता पाएको थियो । अन्तर्राष्ट्रिय विवरण अनुसार पुल सन् २००५ मा सम्पन्न भएको उल्लेख छ् । यस पुलको निर्माणले केवल दुई नगरपालिका जोड्ने काम गरेन, यसले भौगोलिक रुपमा महाकाली नदीले छुट्याएको भू–भागलाई राष्ट्रिय मूलधार संग जोड्ने ऐतिहासिक भूमिका निर्वाह गर्यो । यस आयोजनामा तत्कालीन जनप्रतिनिधिी रमेश लेखकको सक्रिय भूमिका रहेको स्थानीयवासीले स्मरण गर्दै आएका छन् । पुल नेपाली इन्जिनियर तथा प्राविधिकहरुको डिजाइन र सीपमा निर्माण भएको थियो । कुनै समय महाकाली नदीपारिको भू–भागमा बसोबास गर्ने नागरिकले आफ्नो देशको सदरमुकाम पुग्न विदेशी भूमि प्रयोग गर्नुपर्ने अवस्था थियो । त्यही अवस्थालाई अन्त्य गर्दै बनेको यस पुललाई स्थानीयले नेपालको राष्ट्रिय एकता र भौगोलिक सम्बन्धको प्रतीकका रुपमा लिने गरेका छन् ।
ईतिहासको एउटा हिस्सा क्षतिग्रस्त
२०२६ सेप्टेम्बर ३० अर्थात् बिहान करिब ८ बजेको समयमा नदीको कारण महाकाली नदी माथि रहेको यस ऐतिहासिक पुलको बीच भागमा रहेको पिल्लर भत्किएको र पुलका केही सेक्सन नदीमा खसेको हो । वर्षौ सम्म हजारौ नागरिकको पाइला बोकेको, महाकालीको तीव्र बहाव संगै उभिएर नेपालको पहिचान बनेको यो पुलको क्षतिको खबरले सम्पूर्ण सुदूरपश्चिमवासीलाई दु:खी बनाएको छ् । शुदुरपश्चिम प्रदेश सरकारले रु. पुलको मर्मतको लागी रु. १ करोड रकम बिनियोजन गरेको छ भने, प्राबिधिक टोलीले उक्त पुल मर्मत गर्न रु. २० करोड लाग्ने अनुमान गरेको छ् । पुल टुटेको झण्डै २ महिना बित्दा पुल मर्मतको लागी सरकारले रकम बिनियोजन नगरेको भन्दै स्थानियबासी रुष्ट बन्दै आएका छन् ।











