बुधबार महेन्द्रनगरमा सुरताल म्युजिकल टुर कार्यक्रम


कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा बुधबार सुरताल म्युजिकल टुर कार्यक्रम हुने भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुरताल म्युजिकल टुर कार्यक्रम हुने भएको हो । ‘अब गुन्जिन्छ नेपाल एउटै सुर, एउटै ताल, भन्ने मुल नाराका साथ सुरताल ईभेन्ट एण्ड एम्युजमेन्ट प्रालि पोखरा र एभरेष्ट स्पोटर्स एण्ड ईभेन्टस म्यानेजमेन्ट प्रालि महेन्द्रनगरको सयुक्त आयोजनामा मेघा साँस्कृतिक कार्यक्रम हुन लागेको जनाएको छ । सुरताल ईभेन्ट एण्ड एम्युजमेन्ट प्रालि पोखराका संयोजक प्रशान्त सुनारले देशका सातै प्रदेशका १३ जिल्लाहरुमा उक्त कार्यक्रम गर्न लागेको बताए ।

यस अघि गत असोज १४मा प्रदेश १को तेहथुमबाट शुरुवात गरिएको र बिचमा ब्रेक गरिएको कार्यक्रम अब पश्चिम नेपाल कञ्चनपुर महेन्द्रनगरदेखि शुरु हुन लागेको बताए । उनका अनुसार ४मंसिर धनगढी, ८ नेपालगञ्ज हुँदै पुष ४ पोखरा पुगेर समापन गरिनेछ । ‘नेपाली गित संगितलाई प्रर्बद्धन गर्नका लागि हामीले देशव्यापी रुपमा उक्त कार्यक्रम ल्याउन लागेका छौँ, ‘उनले भने, ‘कला, संगितलाई एकै पटक बालबालिका, युवादेखि जेष्ठ नागरिकको चाहना अनुरुप संयुक्त कार्यक्रम संचालन गर्न लागेका छौँ ।’ नाफाबाट २०प्रतिशत भोटेकोशीका वाढी पीडितलाई राहत दिने उनले बताए । एभरेष्ट स्पोटर्स एण्ड ईभेन्टस म्यानेजमेन्ट प्रालि महेन्द्रनगर संयोजक करन पालले बृहद साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको बताए ।

उनका अनुसार साँझ ५बजेदेखि कार्यक्रम संचालन हुनेछ । कार्यक्रममा दिग्गज कलाकार प्रमोद खरेल, प्रकास सपुत, फिरन्ते ब्याड सहितको बेजोड प्रस्तुती हुनेछ । महेन्द्रनगरका युवा व्यवसायीले यस्ता साँस्कृतिक कार्यक्रमबाट नेपाली गित संगितदेखि बजार प्रर्बद्धन हुने बताए । उनले दर्शकको चाहना अनुरुप हुन लागेको एक दिने मेघा कार्यक्रमबाट साँस्कृतिक कार्यक्रमदेखि स्थानीय बजार प्रर्बद्धन हुनेछ । उक्त कन्सर्ट अवलोकनका लागि अनलाईन टिकेट एकै साथ दुई काटे ५सय भौतिक रुपमा प्रति दर्शक ३सय तोकिएको छ । पहिलो पटक एक दिने मेघा साँस्कृतिक कार्यक्रम हुने भएकाले सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img