कुतियाकबरमा जमिन नापजाँचः सासद ज्ञानेन्द्र महताले भने, ‘अब जनतालाई जमिन मालिक बनाईन्छ’


डिल्लीराज पन्त /कञ्चनपुर:  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १ कुतियाकबर सीमाबर्ती गाँउमा जग्गा नापजाँच शुरु भएको छ । झण्डै ६दशक बढी समयदेखि नेपाली भूभाग कुतियाकबरमा बस्दै आएका नागरिक अब जमिनको मालिक बन्ने भएका छन । मंगललबार देखि भूमि व्यवस्था आयोग र दोधाराचाँदनीले नापजाँच शुरु गरेको जनाईएको छ । दोधाराको कुतियाकबरका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीमा फारम भरेका जनता गाँउमै जग्गा नापजाँच भएपछि जमिनको मालिक बन्ने आशा पलाएको छ । सत्तारुढ दलका सासद ज्ञानेन्द्र सिह महताले दोधाराचाँदनीको कुतियाकबरबाटै नागरिकलाई जमिनको मालिक बनाईने बताए । उनले प्राविधिक जनशक्ति थपदेखि कामकाजका क्रममा कुनै समस्या आए जिल्लाबाट सिधै केन्द्रमा पहल गरेर बाधा अडकाउ फुकाउँदै कुनैपनि हालतमा जनतालाई जमिनको मालिक बनाउने संकल्प अघि सारेका छन ।

‘जनतालाई भूमि अधिकार लालपुर्जा शिघ्र वितरणमा हामीलाई ढिलोचाँडो गर्ने कुनै छुट छैन, ‘उनले भने, ‘फिल्डमा काममा क्रममा कुनै समस्या आए हामीलाई भन्नु हामीले तुरुन्तै सम्बन्धीत निकायमा प्रस्ताव अघि सारेर समाधान गछौँ, जनतालाई अब कसरी भएपनि दुखमुक्त गर्नुपर्छ ।’ सोही क्षेत्रका सासद समेत रहेका महताले अब कुतियाकबरबाटै वर्तमान सरकारले खुसीको दियो बाल्ने संकल्प गरेका छन । सासद महताले जनताको खुसीका लागि कुनै पनि कर्मचारी दल समुह पक्षबाट अनेकन बाधा अडचनका कामकाज नगरिदिन आग्रह गरेका छन । दोधाराचाँदनी नगरपालिका भूमिशाखा प्रमुख सुरेन्द्रचन्द्र ओझाले कुतियाकबर गाँउमा नापजाँच शुरु भएको बताए । उनका अनुसार ५ प्राविधिक कर्मचारी खटिएर नापजाँच शुरु गरिएको छ । उनले पहिलो दिन सिङ्गै जमिनको प्वाईन्ट लिने र त्यसपछि फारम र भोगचलनका आधारमा व्यक्ति व्यक्तिको नापचाँज गरिने बताए ।

कुतियाबरका ५५ परिवारले फारम भएका थिए । ०२२सालदेखि कुतियाकबर गाँउमा बसोबास गर्दै आएका टेक बहादुर सुनारले ६१बर्षमा जमिन नापजाँच भएपछि यस पटक जमिनको मालिक बन्ने आशा व्यक्त गरेका छन । ‘यस अघि हाम्रो गाँउमा जमिन नापी भएको थिएन, ‘उनले भने, ‘अहिले भईरहेको छ, हामी अब जमिनको मालिक बन्ने आशा पलाएको छ ।’ सोही समयमा कुतियाकबरमा बसोबास गरेका अर्का स्थानीय मोतिराम सुनारले पनि लामो समयको पखाईपछि आफुहरु पनि जमिनको मालिक बन्दै लालपुर्जा पाउने आशा व्यक्त गरेका छन । स्थानीयले पालिकादेखि केन्द्र सरकारले आफुहरुको भूमि सम्बन्धीको समस्यामा चासो दिएको बताए । जिल्ला भूमि आयोगका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले कुतियाकबर गाँउमा नाँपजाच गरेर लालपुर्जा वितरणको काम शुरुवात गरिने बताए । उनले दोधाराचाँदनी सहितका अन्य पालिकाहरुमा समेत नापजाँच शुरु गरिएको बताए । यस अघि जिल्लाका झण्डै ६५ हजारले भूमि आयोगका आवेदन दिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img