महिला फुटबलको फाइनलमा कैलाली र कञ्चनपुर भिड्ने


कैलाली: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय महिला फुटबल छनोट प्रतियोगिताको फाइनलमा कैलाली र कञ्चनपुरबीच प्रतिस्पर्धा हुने भएको छ।

निर्धारित कार्यक्रमअनुसार कार्तिक ३० गते हुने फाइनल खेल कैलालीको जुगेडा–१२ स्थित मनकामना युवा क्लबको खेलमैदानमा बिहान ठीक ९ बजे सञ्चालन हुने प्रतियोगिता संयोजक काशीराम बोहराले जानकारी दिएका छन्।

विशेष कारणवश यसअघि दिउँसो ३:४५ बजेका लागि निर्धारित खेलको समय परिवर्तन गरी बिहान ९ बजे कायम गरिएको आयोजकले जनाएको छ।

फाइनल खेलमा कैलाली र कञ्चनपुरबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएकाले खेललाई चासोका साथ हेरिएको छ। आयोजकले सम्पूर्ण खेलप्रेमी, दर्शक तथा शुभेच्छुकहरूलाई खेलमैदानमा उपस्थित भई खेलाडीको हौसला बढाउन अनुरोध गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img