काँग्रेस शुक्लाफाँटामा ऐर दोहोरिए


कञ्चनपुर : नेपाली काँग्रेस सस्थापन ईतर देउवा पक्ष शुक्लाफाँटा नगरको सभापतिमा दान बहादुर ऐर निर्बिरोध निर्वाचित भएका छन । मगलबार झलारी,बनसमितिमा भएको काँग्रेस शुक्लाफाँटा नगरको अधिवेशनबाट ऐर नगर सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन । शुक्लाफाँटा नगरपालिकामा फेरी युवा नेता ऐर दोहोरिएको जनाएको छ ।

नगरका स्थानीय लोकप्रिय नेता एव ६का वडाध्यक्ष समेत रहेका ऐर पुन निर्बिरोध निर्वाचित भएका हुन । काँग्रेस प्रदेश सदस्य ज्ञानेन्द्र बहादुर सिहले शुक्लाफाँटामा सर्वसम्मतीय आधारमा पालिका समिति विस्तार गरिएको बताए । उनका अनुसार उप सभापति सुरज विष्ट, शान्ति धामी, सचिव चक्र ठगुन्ना, सह सचिव अनिल केसी रहेका छन ।

पुन दोस्रो पटक पनि पाटीकोपालिका नेतृत्व पाएका दान बहादुर ऐरले पाटीलाई नगरमा एक ढिक्का बनाउँदै महाधिवेशन सफल पार्ने बताए । पालिका अधिवेशन उद्घाटन गर्दै काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले अहिलेकै अधिवेशन आधिकारिक भएको दावि गर्दै अन्तत पाटी एकतामा जोडदिए । कार्यक्रममा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img