धनगढी योद्धाजलाई १७ रनले हराउँदै शुक्लाफाँटाको सानदार जित


कञ्चनपुर — एलपीएल सिजन–१० मा शुक्लाफाँटा नगरपालिकाको टोलीले सानदार जित दर्ता गरेको छ। आजको रोमाञ्चक खेलमा शुक्लाफाँटाले दिएको ११६ रनको लक्ष्य पछ्याएको धनगढी योद्धाजलाई १३ ओभर ५ बलमा ९९ रनमै समेट्दै शुक्लाफाँटाले १७ रनको जित निकालेको हो।

शुक्लाफाँटाले निर्धारित खेलमा ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको धनगढी योद्धाजका खेलाडीलाई शुक्लाफाँटाका बलरले सुरुदेखि नै दबाबमा राखेका थिए। उत्कृष्ट बलिङ र फिल्डिङको प्रदर्शन गर्दै शुक्लाफाँटाले विपक्षी टोलीलाई ९९ रनमै अलआउट गरेको हो।

जितसँगै शुक्लाफाँटाको टोलीले प्रतियोगितामा आफ्नो प्रभाव बलियो बनाएको छ। टोलीको समग्र व्यवस्थापन नगर खेलकुद समिति सदस्य बिबेक रावलले गरिरहेका छन्। कप्तान कैलाश ऐरले मैदानमा टोलीको नेतृत्व गरिरहेका छन् भने सह–व्यवस्थापक सुरेश भट्टले व्यवस्थापनमा साथ दिइरहेका छन्। पूर्व राष्ट्रिय खेलाडी ललित सिंह भण्डारी मुख्य प्रशिक्षक तथा हरिस अवस्थी मेन्टरका रूपमा टोलीसँग जोडिएका छन्।

शुक्लाफाँटाको आगामी खेल २० गते बिहान ९ बजे हुने भएको छ। आजको जितबाट उत्साहित टोली अर्को खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।


Loading Viewer...

ताजा समाचार

spot_img