कञ्चनपु्र : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा समाजिक सुरक्षा सम्बन्धी सचेतना शिबिर गरिएको छ । सोमबार बेलौरी नगरपालिकाकै प्राङगणमा योगदानमा आधारित समाजिक सुरक्षा सम्बन्धी सचेतना शिबिर संचालन गरिएको होे । बेलौरी नगरपालिका , समाजिक सुरक्षा कोष , समाजिक सुरक्षा नागरिक सञ्जाल, निड्स नेपाल सहितको संयुक्त आयोजनामा समाजिक सुरक्षा कोष सम्बन्धी जानकारी मुलक कार्यक्रम गरिएको जनाएको छ ।

कार्यक्रममा समाजिक सुरक्षा कोषका निर्देशक औपचारिक क्षेत्रमा कार्यरत श्रमिक कामदारको भविष्यका लागि कोष सरानिय रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा समेत समाजिक सुरक्षा कोषमा आबद्ध गराउने उदेश्यका साथ कार्यक्रम गरिएको बताए । निड्स नेपालका प्रबन्धक मिन बहादुर शाहीले आम नागरिकलाई समेत गराउनका लागि उक्त कार्यक्रम सरानिय भएको बताए । उनका अनु्सार विद्यार्थीदेखिका सबै क्षेत्रका सरोकारवालालाई जानकारी गराईएको छ ।

बेलौरी नगरपालिका रोजगार संयोजक नरेश भट्टले कार्यक्रमबाट स्थानीय स्तरमा समेत समाजिक सुरक्षा कोषका सेवाबारे सरोकारवालाले जानकारी गराएको बताए । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले उक्त कार्यक्रम मार्फत स्वदेश तथा विदेशमा औपचारिक क्षेत्रमा कार्यरत नागरिकले लाभ लिने बताए । कार्यक्रममा जनप्रतिनिधी सहितका विभिन्न क्षेत्रका सरोकारवाला सहभागि भएका थिए ।











