कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका सभापती पुरन कुमालले पार्टी सभापती रबि लामिछाने संग भेट गर्नुभएको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका सभापती पुरन कुमालले आफ्ना सभापती रबि लामिछानेलाई काठमाण्डौको पार्टी कार्यालयमा भेट गरे दोधारा चाँदनी नगरपालिकामा बर्तमान राजनितिक अवस्था र आगामी निर्वाचनको बारेमा छलफल गर्नुभएको हो । नगर क्षेत्रमा संगठन बिस्तार र पार्टी शुद्धिकरण अभियानलाई तिब्रता दिदै आएको बताउदै दोधारा चाँदनी नगरपालिकामा आउनको लागी सभापती रबि लामिछानेलाई आमन्त्रण समेत गरिएको पुरन कुमालले बताउनुभएको छ् ।

पार्टी सभापती रबी लामिछानेले संगठन बिस्तार र पार्टी शुद्धिकरण अभियानलाई तिब्रता दिएको बिषयलाई प्रशंसा गर्दै आउदो स्थानिय निर्वाचनमा नगर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बनाउन मेहनत गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका सभापती पुरन कुमाललाई निर्देशन गर्नुभएको छ् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रबि लामिछाने संगको भेटमा रास्वपा दोधारा चाँदनीका सभापती पुरन कुमाल, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य चन्द्रा ऐर (चाँदनी) रहनुभएको थियो ।











