५२ ढोके दरबारमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न


कञ्चनपुर — भीमदत्त नगरपालिका–९, टुँडिखेलस्थित ऐतिहासिक ५२ ढोके दरबार परिसरमा शनिबार बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको ५२ ढोके दरबारको संरक्षण, प्रवर्द्धन तथा परिसरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।

सरसफाइ कार्यक्रममा युवा समाजसेवी दिपेन्द्र सिंह ऐरीको अगुवाइमा नेपाल प्रहरी ब्रह्मदेव इलाका प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी बल टुँडिखेलका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले दरबार परिसरमा रहेका फोहोर तथा झारपात हटाउँदै परिसर सरसफाइ गरेका थिए। ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय समुदायसहित सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

युवा समाजसेवी ऐरीले ५२ ढोके दरबार कञ्चनपुरको महत्वपूर्ण ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले दरबार परिसरलाई व्यवस्थित, स्वच्छ र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सम्बन्धित निकाय तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। स्थानीयको सक्रिय सहभागितामा सम्पन्न सरसफाइ कार्यक्रमले ऐतिहासिक सम्पदाको संरक्षणप्रति समुदायको चासो र जिम्मेवारीसमेत बढाएको आयोजकले जनाएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img