कञ्चनपुर । भारतको बनबासा पुलबाट महाकाली नदीमा हाम फालेर बेपत्ता भएका एक युवकको खोजी कार्य सुरु गरिएको छ् । दार्चुला लेकम गाँउपालिका– ६ का २७ वर्षीय सुनिल खत्री बनबसा पुलबाट महाकाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । खत्रीले आज अपरान्ह बनबसा पुलबाट महाकाली नदीमा हाम फालेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर झलारी कञ्चनपुरका एसपी प्रेम प्रकाश सिग्देलका अनुसार घटनाको जानकारी प्राप्त हुना साथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगिसकेको बताउनुभएको छ् । अहिले सशस्त्र प्रहरीको उद्धार टोलीले महाकाली नदी तथा आसपासको क्षेत्रमा खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो ।











