सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जर्सी हस्तान्तरण कार्यक्रम सम्पन्न


महेन्द्रनगर : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व नीति अन्तर्गत खेल जर्सी हस्तान्तरण गरेको छ। आयोजित कार्यक्रममा प्रदेश प्रमुख श्री गणेश प्रसाद उप्रेती ज्युले खेलाडीको लागि ११ थान जर्सी प्रशिक्षक पुष्कर शाहि ज्युलाइ हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा बोल्दै उहाले बीमा बचत सुरक्षा र लगानी तथा भाबिस्य को लागी काम लागछ भन्ने कुरा जानकारी गराउनु भयो । चिफ एजेन्सी बिरेन्द्र सिंह बोहरा ज्युले खेलाडीहरूलाई अनुशासन, मेहनत र खेलभावनाका साथ अघि बढ्न शुभकामना दिनुभयो। जर्सी हस्तान्तरणपछि खेलाडीहरूले उत्साह थपिएको थियो ।

कार्यक्रममा क्षेत्र प्रबन्धक रोशन भट्ट शाखा प्रबन्धक गणेश राज जोशी बजार अधिकारी बर्खा साउद CSE नन्द राज बिष्ट चिफ एजेन्सी मेनेजर अम्बा दत्त जोशी,रुपेश के सि ,मुकेश मलोत्रा तथा खेलाडीको सहभागिता रहेको थियो। कार्यक्रम सानिमा रिलायन्स लाइफ महेन्द्रनगर शाखाको आयोजनामा सम्पन्न भएको हो।


Loading Viewer...

ताजा समाचार

spot_img