महेन्द्रनगर: कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले आफ्नो जन्मदिनको अवसर पारेर आधारभूत तहका बालबालिका तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित श्री सिद्धनाथ अमर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा महासचिव रावलले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हो। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले उनले उक्त सामग्री वितरण गरेका हुन्।

कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव समाजसेवी युवा रावल ‘हाम्रो एकता, हाम्रो बल’ संस्थाका अध्यक्ष समेत हुन। सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका रावलले शिक्षा, खेलकुद र सामाजिक सेवामार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएका छन्।

रावल श्री सिद्धनाथ अमर माध्यमिक विद्यालय, गड्डाचौकीमा कम्प्युटर शिक्षकका रूपमा समेत अध्यापनरत छन्। आफ्नै कार्यरत विद्यालयका विद्यार्थीलाई जन्मदिनको अवसरमा शैक्षिक सामग्री प्रदान गर्दै उनले सामाजिक उत्तरदायित्व र सेवाभावको उदाहरण प्रस्तुत गरेका छन्।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको अध्ययनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। जन्मदिनको अवसरमा गरिएको यस्तो सामाजिक कार्यले ‘जन्मदिन मनाउनेभन्दा जन्मदिनलाई अर्थपूर्ण बनाउने’ सकारात्मक सन्देशसमेत दिएको छ।










