कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गर्न सबैलाई आह्वान गरेको छ् । आसन्न स्थानिय निर्वाचन र प्रदेश निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गर्न सबैलाई आह्वान गरेको हो । कतिपयको अझै पनि मतदाता नामवलीमा नाम नभएको हुदा सबैलाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न अनुरोध गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले बताउनुभएको छ् ।


निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचय पत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाईन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको हुदा जनताको सहजताको लागी दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारमा हेल्पडेष्क स्थापना पनि निशुल्क अनलाईन मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गरिएको रास्वपा नगर सभापती पुरन कुमालले बताउनुभएको छ् ।


दोधारा चाँदनीको बाबाथान बजार र चाँदनी बजार क्षेत्रमा हेल्प डेष्क सञ्चालन गरि राष्ट्रिय परिचय पत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाईन प्रणालीबाट मतदाता नामावलीमा नाम दर्ता गरिने निर्णय अनुसार बाबाथान बजारमा हेल्प डेष्क सञ्चालन गरिएको उहाँले बताउनुभयो ।











