नेपाल पुर्व प्रहरी संगठनद्धारा दोधारा चाँदनीद्धारा मृगौला पिडित पन्तलाई सहयोग


दोधारा । बिगत लामो समय देखि मृगौलाको समस्याबाट ग्रसित दोधारा चाँदनी नगरपालिका– २ का भुवन बिहारी पन्तलाई नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनी नगर कार्यसमितिले उपचारमा सहयोग भन्ने उद्धेश्यले नगद रकम सहयोग गरेको छ् । नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनी नगर संयोजक तथा पुर्व प्रहरी निरिक्षक राजेन्द्र सिंह भण्डारीको नेतृत्व टोलीले मृगौला पिडित भुवन बिहारी पन्तको घरमा पुगेर पिडितको परिवारजनलाई रु. ५ हजार नगद सहयोग गरेको नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीका सदस्य धर्म बहादुर शाहीले जानकारी दिनुभएको छ् । उपचारको क्रममा रहेका पिडित बिहारीको उपचारमा थोरै पनि सहयोग होस भन्ने उद्धेश्यले सहयोग गरिएको नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीका नगर संयोजक राजेन्द्र सिंह भण्डारीले बताउनुभएको छ् ।

सहयोग रकम बुझ्दै मृगौला पिडित भुवन बिहारी पन्तको घरपरिवारले पिडाको बेला सहयोग गरेको भन्दै नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनी परिवारलाई धन्यबाद दिएका छन् । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीका नगर संयोजक राजेन्द्र सिंह भण्डारी, सचिव बिर बहादुर सुनार, सदस्य धर्म बहादुर शाही लगाएत नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीका पदाधिकारी तथा मृगौला पिडित भुवन बिहारी पन्तका घरपरिवारको उपस्थिती रहेका थिए ।

यस अघि नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीले दोधारा चाँदनीमा बिभिन्न रचनात्मक कार्य गर्दै आएको स्थानियबासीहरुले बताएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img