कन्चनपुर : कन्चनपुरमा क्यासिनो खेल्न आएका एक जना भारतिए मृत्य भएको छ । कन्चनपुरको होटल डाएमण्डमा संचालित क्यासिनो हेप्पि आवरमा लडेर घाइले भएका भारतको अलमोडा रानिखेतका ५३ बर्षिय दिपेन्द्र सिंहको महाकालि प्रदेसिक अस्पतालमा मृत्य भएको प्रहरिले जनाएको छ ।

कञ्चनपुरको होटल डायमण्डमा संचालित क्यासिनामा खाटबाट लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेक बहादुर रावतका अनुसार भारत उत्तरखण्डको रानीखेतका ५३ वर्षीय दीपेन्द्र सिंहको बिहीबार मृत्यु भएको हो ।

डिएसपी रावतका अनुसार सुतेको अवस्थामा खाटबाट लडेका सिंहको निधारमा चोट लागेको थियो । उनका महाकाली प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शवको पोष्टमार्टम गरेर आफन्तले बुझेको उनले बताए ।











