कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) नेतृत्वको सरकारको लक्ष्य विपरित काम चलाउ दैनिक प्रशासनिक कामकाजको जिम्मेबारी दिएको सुदूरपश्चिम विश्विद्यालयका पदाधिकारीको निजी कलेजप्रति दया जागेपछि विवाद उत्पन्न भएको छ । आगिक क्याम्पस बनाउने निर्णय लत्याउँदै निजी सम्बन्धन प्राप्त कलेजलाई नयाँ कार्यक्रमदेखि विद्यार्थी कोटा निर्धारण गर्ने निर्णय गरेपछि सुदूरपश्चिम विश्वविद्यालय सम्बन्धन प्राप्त निजी कलेजलाई शैक्षिक कार्यक्रम(विद्यार्थी संख्या कोटा) थप दिने विषयमा विवाद उत्पन्न भएको छ । गत जेठ २६ सुदूरपश्चिम विश्वविद्यालयले यस अघि सम्बन्धन प्राप्त कलेजलाई चालु शैक्षिक सत्रमा बिएस्सी, सिएसआईटी र बिबिए शैक्षिक कार्यक्रम अर्थात थप विद्यार्थी संख्या अनुमती दिने विषयको निर्णय गरेपछि विश्वविद्यालयभित्रै विवाद बिस्पोट भएको छ । विश्वविद्यानयले यस अघि कञ्चनपुरकै पनि भानु, महाकाली, बैजनाथ क्याम्पस आगिक बनाउने निर्णयलाई वेवास्ता गर्दै निजीतर्फ बढि प्राथमिकता दिएको भन्दै विश्वविद्यालय पनि निजी कलेज मोटाउन तर्फ केन्द्रीत भएको टिकाटिप्पणी भईरहेको छ ।

यस अघि विश्वविद्यालयबाट सम्बन्धन पाएका निजी कलेजहरुको कोटा निर्धारण गर्ने निर्णय विवादमा परेपछि थप शंका उपशंका उब्जाएको छ । यस अघि ३१ असार ०८१मै कार्यकारी परिषद्कै निर्णय अनुरुप, शैक्षिक प्रशासन नियमावली ०६९ को परिच्छेद १६(क)को नियम १२०(ख)को उपनियम (४) अनुरुप अस्थायी अनुमती लिएका क्याम्पसहरुलाई नविकरण सहित शैक्षिक कार्यक्रम थपका लागि ईच्छुक क्याम्पसहरुले सात दिनभित्र कार्यबिधी ०७४ अनुसार निवदेन दिन आब्हान गरिएको थियो । विश्वविद्यालयले अहिले निजी विद्यालयमा थप विद्यार्थी संख्या कोटा निर्धारणका लागि भौतिक बस्तुस्थिति अध्ययनका लागि विज्ञान तथा प्रविधी संकायका डीन प्राडा भवानी चन्द (ठकुरी), नेतृत्वमा विज्ञ प्राडा. सुर्वण शाक्य, लेखा अधिकृत मिनराज भट्टको टोली र व्यवस्थापन संकायका डीन केशवराज भट्टको टोली खटाएको छ । अध्ययन विज्ञ टोली सम्बन्धन प्राप्त थप कार्यक्तम दिएका क्याम्पसमा खटिएकै बेला यता विश्वविद्यालयमा भने विवाद चुलिएको छ । विश्वविद्यालयका पदाधिकारी र सिएसआईटी विभागविच अहिले पक्ष विपक्षमा आरोप प्रत्यारोपका तर्क चलिरहेका छन । विज्ञान तथा प्रविधी संकायमा उत्पन्न भएको विवाद बाहिरिएपनि व्यवस्थापन संकाय तर्फको विवाद भने बाहिरिएको छैन ।

विज्ञान तथा प्रविधी संकाय(सिएसआईटी) प्रमुख कर्णदेव भट्टले कार्यबिधी विपरित निजी कलेजलाई पोस्ने गरेर कोटा थपदेखिका कार्यक्तम दिएको आरोप लगाएका छन । उनले एकै दिन निर्णय सोही दिन सार्वजनिक सुचना प्रवाहको साटो सिधै निश्चित कलजेलाई मात्रै पत्राचार गरिएपछि कार्यकारीको निर्णयमा स्वार्थदेखिएको दावि गरेका छन । ‘विशवविद्यालयको कार्यबिधीले निजी कलेज हरेक २ बर्षमा नविकरण गर्नुपर्ने, ५ बर्षमा स्थायी अनुमती दिने व्यवस्था भएपनि अहिलेसम्म कसैले पनि स्थायी अनुमती पाएका छैनन, ‘उनले भने, ‘सम्बन्धन प्राप्त गरेका कलेजले विश्वविद्यालयको नियम पनि पालन गरेका छैनन, यतिसम्मकी एकै कलेजले दुई÷दुई विश्वविद्यालयका कार्यक्रम संचालन गरेका छन त्यसमै हामीले थप विद्यार्थी कोटा दिईरहेका छौँ ।’ अहिले केही निश्चित कलेजलाई थप विद्यार्थी कोटा निर्धारण गर्न खोजिएको भन्दै उनले चितवनको एक कलेजले त अनुमती अवागै सिएसआईटीमा भर्ना खोलेको घटनाले समेत स्वार्थ केन्द्रीत अनुमती दिन खोजिएको पुष्टी भएको उनको दावि छ । ‘जुन कलेजका लागि विद्यार्थी कोटा निर्धारण गर्ने हो, त्यही विद्यालयका संचालकहरुलाई विज्ञदेखि अनुगमन टोलीमा राखिएको छ, ‘उनले भने, ‘आफ्नै शेयर भएका कलेज र सन्तान भएका कलेज पोस्न खोजिएको छ, यो त सरासर पाएको अधिकारको दुरुपयोग हुन्छ ।’

(सिएसआईटीका शिक्षण सहायक प्रकास साउदले बिएस्सी सिएआईटीको कार्यक्रम डुवाउन कतिमा लेनदेन र कति जना आफ्नालाई जागिर यिदने सहमती भएको रहेछ, स्मरण रहोस डुवाउन छन भने बचाउनेपछि छन भन्दै धारणा राखेका छन । विज्ञान तथा प्रविधी संकायका डीन प्र्राडा भवानी चन्द(ठकुरी)ले विश्वविद्यालयले आफुलाई दिएको जिम्मेबारी अनुरुप आफु फिल्डमा खटिएको बताए । उनका अनुसार आफ्नै विभागका कार्यरत साथीहरुसंग ५० पटकसम्म पनि फिल्ड भिजिटका लागि अनुरोध गरेपनि नआएपछि त्रिबीबाट विज्ञ लिएर फिल्डमा खटिएको बताए । ‘मलाई उपकुलपति ज्यूले आफु अनुकुल टोली बनाएर फिल्डमा खटिन निर्देशन दिनुभएको थियो, त्यही अनुरुप मैले शुरुमा मेरा साथीहरुसंग भने, कसैले आउन मानेनन, ‘उनले भने, ‘मलाई दिएको जिम्मेबारी कर्तव्य सम्झिएर काममा खटिएको छु, यसमा मेरो केही स्वार्थ छैन, पोखरा, तुलसीपुर, नेपालगन्जका १÷१कलेज, चितवन ४, काठमाण्डौँ ६कलेजको स्थलगत अध्ययन, अवलोकन गरेर जे फिल्डमा देखिन्छ, त्यही प्रतिवेदन विश्वविद्यालयलाई बुझाउन्छु ।’ निजी विद्यालयमा विद्यार्थी कोटा निर्धारणमा आफु बिरुद्धमा लगाएको आरोप, अशंकामा कुनै सत्यता नभएको उनको दावि छ ।
व्यवस्थापन संकायका डीन केशवराज भट्ट नेतृत्वमा विज्ञ तर्फ हरिशंकर पन्त, बिरेन्द्र प्रशाद भट्ट रहेका छन । व्यवस्थापन संकायका डीन केशवराज भट्टले व्यवस्थापन संकाय तर्फ २कलेजको मात्रै भौतिक अवस्था बुझेर प्रतिवेदन बुझाउने बताए । ‘मलाई भिसी सरबाट एक कलेजको बिबिए र अर्को कलेजको संख्या थपिएको अध्ययनका लागि पठाएको छ, ‘उनले भने, ‘मलाई कुनै विश्वविद्यालयका पदाधिकारीको शेयर र उनीहरुका सन्तान भएको कलेजलाई कार्यक्रम र विद्यार्थी संख्या थप्नुपर्छ भन्ने दवाव दिएको छैन, जस्तो फिल्डमा देखिन्छ, त्यस्तै रिर्पोट विश्वविद्यालयलाई दिन्छु, कार्यक्रम स्वीकृत गर्ने नगर्ने विषयमा विश्वविद्यालयको हुनजान्छ ।’ सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति यज्ञराज पाठकले विश्वविद्यालयकै हित तथा आन्तरिक स्रोत बृद्धिका लागि निजी सम्बन्धन प्राप्त कलेजको माग अनुरुप थप कोटा निर्धारण गर्नका लागि निर्णय गरेको बताए ।
‘कुनैपनि निजी वा सामुदायिक कलेजलाई नयाँ कार्यक्रम दिएका छैनौँ, ‘उनले भने, ‘हामीले यस अघिदेखि संचालन हुँदै आएका कलेजको आग्रह अनुरुप विद्यार्थी कोटा थप मात्रै दिन्छौँ, त्यो पनि फिल्डमा गएको विज्ञ टोलीको प्रतिवेदनका आधारमा मात्रै दिन्छौँ ।’ उनले आफ्ना र केही डिन सरहरुका बिरुद्ध बजारमा निजी कलेजमा शेयर भएको, अनि छोराछोरी पनि उतै जागिर दिलाएको जस्ता अनेकन होहल्ला भएको दावि गर्दै विश्वविद्यालयलाई आन्तरिक आम्दानी हुने भएकाले यस्तो निर्णय गरेको उनको भनाई छ । शुरुवातदेखि हरेक कामकाजमा विश्वविद्यालय अहिलेसम्म विवादरहित बन्न नसकेपछि जनता समेत हैरान भएका छन । आफ्नै केन्द्रीय क्याम्पसदेखिका आंगिक क्याम्पस सुधारदेखिका अन्य थुप्रै कामकाज सुधार गर्नुको साटो आंगिकलाई यतिधेरै प्राथमिकतमा राखेर किन काम गरिरहेको भन्दै भित्रमात्रै होईन बाहिर समेत आशका उब्जाएको छ ।










