कञ्चनपुरमा धान दिवस : धान खेतीमा जोड


कञ्चनपुर : कञ्चनपुरमा पनि २३ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । सोमबार जिल्लाका सरकारी तथा गैर सरकारी संघ सस्था कार्यालय, किसान संघ संगठनहरुले राष्ट्रिय धान दिवस मनाईएका हुन । धान दिवस दिवसमै सिमित भन्दा पनि धान उत्पादनमा बृद्धि गर्दैैै स्वदेश तथा विदेशमा समेत निर्यातका लागि वातावरण बनाउनुपर्नेमा जोडदिएका छन ।

जिल्लाको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, बेलडाँडी, लालझाडी क्षेत्रका गाँउबस्तीहरुमा दिवस मनाईएको हो । रत्न कृषि सहकारी संस्थाका अध्यक्ष दशरथ भण्डारीले सहकारी सहित भीमदत्त नगरपालिका र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा रोपाई गरेर दिवस मनाएको बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरि प्रशाद पनेरुले धान उत्पादनमा जोडदिएका छन ।

उनले खाली र बाँझो खेत नछोडन आग्रह गरेका छन । जिल्लाका जनप्रतिनिधीदेखिका सरोकारवाला निकायले समेत अबदेखि धानदिवस मनाउने शैली परिर्वतन गरेर धान उत्पादनमा जिल्लालाई आत्मनिर्भरदेखि बाह्य निर्यातमा जोडदिएका छन । हरेक बर्ष धान दिवस मनाउनेक्रम जारी रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img