कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आदिवासी जनजाती समुदायलाई पारेको असर बारे अनुगमन तथा प्रशिक्षणात्मक कार्यक्रम गरिएको छ । आदिवासी जनजाती आयोगले सोमबार महेन्द्रनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आदिवासी जनजाती समुदायलाई पारेको असर बारे अनुगमन तथा प्रशिक्षणात्मक कार्यक्रम गरेको हो ।

नेपाल आदिवासी जनजाती महासंघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले आयोगले महासंघ र भीमदत्त नगरपालिकासंग समन्वय गरेर कार्यक्रम गरेको बताए । कार्यक्रममा सहभागिहरुले निकुञ्ज लगायतको वन भित्र नभई बाहिरका नदीनालाहरुमा माछा मार्नेक्रममा समेत अन्याय गरिरहेको दुखेसो पोखेका छन । निकुञ्ज वन, क्षेत्र आदिवासी जनजातीको खुसीको विषय नभई दुखित विषय भएको उनको उनीहरुको दुखेसो छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा सहितका दलहरुले समेत निकुञ्ज वन, क्षेत्र आदिवासी जनजातीको मौलिक हक अधिकार सुनिश्चितमा जोडदिएका छन ।

आरक्षपीडितहरुले समेत निकुञ्जबाट विस्थापितपीडितहरुको समस्या उस्तै रहेको दुखेसो पोखिका छन । आदिवासी जनजाती आयोगका अध्यक्ष राम बहादुर थापा(मगर)ले निकुञ्ज, वनले पारेको आदिवासी जनजाती समुदायको पीडा सम्बोधन गरिने बताए । कार्यक्तमको अध्यक्षता समेत ग्रहण गरेकी भीमदत्त नगरका उपप्रमुख निलम लेखकले निकुञ्ज वन, क्षेत्र आदिवासी जनजातीको हक अधिकारका लागि आफ्नो तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताईन । कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।











