कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका अढाई हजार हराहारीको संख्यामा विद्यार्थी एकै पटक दीक्षित हुन लागेका छन । शुक्रबार महेन्द्रनगरमा हुन लागेको छैटौँ दीक्षान्त समारोहबाट दुई हजार चारसय ८९ विद्यार्थी दीक्षित हुन लागेका हुन । विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा हुने दीक्षान्त समारोहका भौतिक रुपमा भने सातसय ६७ विद्यार्थी मात्रै सहभागि हुने जनाईएको छ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले विभिन्न ६ संकायका विद्यार्थी एकैपटक दीक्षित हुन लागेको बताईन । उनका अनुसार स्नातक, स्नाकोत्तर, एमफिलदेखि पिएचडीसम्मका विद्यार्थी दीक्षित हुन लागेका छन । मानविकी तर्फ पाँच सय ७ मा एकसय ८२ विद्यार्थी, व्यवस्थापनक तर्फ सातसय ८२मा दुईसय ३९विद्यार्थी, शिक्षा संकाय तर्फ आठसय ९०मा दुईसय ४२, विज्ञान प्रविधी संकायमा ८६मध्ये १८, ईन्जिनियररियमा एकसय २२मा ५३ र कृषि विज्ञान संकायमा एकसय २मा ३३ विद्यार्थी भौतिक रुपमा सहभागि हुने छन ।

यस पटक चान्सलर, भ्वाईस चान्सलर, स्वर्ण पदकदेखि डिन्स तर्फ समेत पदक पाउने विद्यार्थी रहेका छन । परीक्षा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार चान्सलर तर्फ व्यवस्थापन संकायका निशान्त चन्द, भ्वाईस चान्सलर तर्फ कृषि विज्ञानका कैलाशराज भट्टले पदक पाउने भएका छन । भने, चान्सलर पदकमा छात्रा रेखा जोशीले उच्च अदालतमा रिट दायर गरेपछि चान्सलर पदक अहिलेका लागि स्थगित भएको परीक्षा नियन्त्रक रोकायाले बताईन । स्वर्ण पदक तर्फ ललित कार्की, दुर्गा देवी निशान्त चन्द, पं्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा, कैलाशराज भट्ट र डिन्स पदक तर्फ मथुरा प्रशाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी, भरत साउदले पाउने भएका छन ।

यस पटक चार विद्यार्थीले पहिलो पटक डिन्स पदक पाउन लागेका हुन । यस पटक विद्यावारिधी गर्ने पहिलो महिला छात्रा डा. तुलसी कुमारी शर्मा रहेकी छिन । त्यसअघि विश्व अधिकारीले गरेका थिए । विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा दीक्षान्त समारोह हुनेछ । कार्यक्रममा कञ्चनपुर क्षेत्र ३बाट निर्वाचित प्रतिनिधी सभा सदस्य सांसद ज्ञानेन्द्र सिह महता, उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य पुर्वमन्त्री प्रकास रावल, समाजिक विकासमन्त्री बेल बहादुर राना सहितका शिक्षासंग सरोकारवसुदूरपश्चिम विश्वविद्यालयका निर्देशक हरिश भट्टले दीक्षान्त समारोह विद्यार्थीको उत्सव भएकाले अभिभावक सहितको सहभागितमा उत्साहजनक रुपमा मनाउन लागेको बताए । निर्देशक भट्टका अनुसार संस्कृतविद साहित्यकार प्राडा. तुलसी प्रशाद जोशी(दिलसीदिवस)कै प्रमुख आथित्यमा हुनेछ ।











