अचार उत्पादनले फेरिए पारुको दिन


पप्पु गुरुङ्ग, कञ्चनपुर । यति बेला व्यावसायिक अचार उत्पादनमा दोधारा चाँदनी नगरपालिकाका पारु मगरलाई भ्याईनभ्याई छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी पारु मगरलाई घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छन् । गत वर्ष देखि मात्र सुरु गरेको उहाँको उद्योगबाट उत्पादन भएको अचारको माँग पनि बजारमा बढ्दो छ् । घरायसी प्रविधीबाट आर्गेनिक अचार उत्पादन गर्ने गरेको पारु मगरले बताउनुहुन्छ् । बिगतमा आर्थिक कठिनाई झेल्दै आएका पारुले अहिले अचार उत्पादन गर्न थालेपछि आर्थिक समस्या टरेर गएको छ् । केही वर्ष पहिले वडा कार्यालयबाट अचार बनाउने तालिम लिएका उहाँले तालिमले सीप मात्र दिएन, परिवार धान्न गतिलो माध्यम बनेको छ् । यही अचार उत्पादनले परिवारको घर खर्च राम्रै चलाउदै आएका उहाँ बताउनुहुन्छ् ।

बजारमा पारुले उत्पादन गरेको अचारको माँग बढेकाले लगानी थप्ने सोचमा रहेको महिला उद्यमी पारु मगर बताउनुहुन्छ् । परिवारको साथ सहयोगले अचार व्यवसाय गर्दै आएकी पारु अहिले आएर आफ्नो व्यवसायबाट सन्तुष्ट भएको बताउनुभएको छ् । आफ्नै घरमा अचार उद्योग स्थापना गरी व्यवसाय गर्दै आउनुभएको महिला उद्यमी पारु मगरले दैनिक ८० केजी बढी अचार उत्पादन गरि बिक्रि गर्दै आउनुभएको छ् । मासु, खुर्सानीको अचार उत्पादनले आफुलाई सोचे भन्दा बढी आम्दानी हुदै आएको उहाँको भनाई छ् । बिदेश गएर पैसा कमाउने अहिलेको होड बढेको बताउदै इच्छाशक्ति भए गाँउ घरमा बसेर राम्रै आम्दानी गर्न सकिने महिला उद्यमी मगरले बताउनुभयो ।

बजारिकरण अहिले आएर उत्साहजनक रहेको बताउदै पारुले निकट भविष्यमा ठुलो आकारमा उत्पादन गर्न मन बनाउनुभएको छ् । सुरुका दिनमा अचार उत्पादन गरे बजार नपाउने हो कि भन्ने डर थियो । तर अहिले पछि आएर अचारले राम्रो बजार पाउदा आफुमा उत्साह जागेको उहाँ बताउनुहुन्छ् । पारुले उत्पादन गरेको अचार कतार, भारत र नेपालको पुर्व नेपालको बिभिन्न स्थानहरुमा समेत पठाउने गरेका छन् ।

महिलालाई हेर्ने सामाजिक सोचमा अझै परिवर्तन आउन नसकेको बताउदै महिला प्रतिको सोचमा परिवर्तन नआए सम्म उद्यममा अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ । महिलाको सीप विकासमा नेपाल सरकारले साथ दिनुपर्ने उद्यमी पारु मगरको भनाई छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img