कञ्चनपुर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगर अधिवेशनबाट लोक बहादुर चन्द नगर सभापतिमा निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न अधिवेशनबाट चन्दको नेतृत्वमा नगर कार्य समिति चयन गरिएको हो । नगर उपसभापतिमा माया कुमारी पुन मगर र गगन बहादुर सिंह, सचिवमा कुशाल सिंह साँउद तथा सह–सचिवमा शुसिल राना मगर चयन भएका छन् । नगर अधिवेशनबाट युवा सदस्यमा भरत बहादुर क्षेत्री तथा विभिन्न वडाबाट महिला र सदस्यहरु पनि चयन भएका छन् ।

अधिवेशन नगर उपसभापति रामकृष्ण जोशीको सभापतित्वमा सम्पन्न भएको हो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सन्तोषी साँउद ऐरीको प्रमुख अतित्थ्य तथा पूर्व सामाजिक विकास मन्त्री बेलबहादुर राना विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए । अधिवेशनमा सुदूरपश्चिम प्रदेश सदस्य कृष्ण पाठक, महासमिति प्रतिनिधि जंग बहादुर चन्द, जिल्ला सचिव नाफु सिंह साँउद, पूर्व जिल्ला सदस्य जसराज गिरी लगाएत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको विवरण कांग्रेस नगर उपसभापति रामकृष्ण जोशीले जानकारी दिएका हुन् । नवनिर्वाचित सभापति लोकबहादुर चन्दको नेतृत्वमा दोधारा चाँदनीमा पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने उद्देश्य सहित आगामी गतिविधि अघि बढाइने जनाइएको छ् ।











