कञ्चनपुर: कञ्चनपुरको बेदकोट स्थानीय सरकारले साढे डेढ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०८३/०८४ का लागि बेदकोट नगरपालिकाले एक अर्ब, तीन करोड, ५६ लाख, ३६ हजार, ६७रुपैया बराबरको बजेट ल्याएको हो । आन्तरिक आय तर्फ १०करोड, ५० लाख प्रक्षेपण गरिएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु. १४ करोड ६७ लाख राजश्व बाँडफाडबाट रु.१३ करोड ५५ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ कूल रु. २५ करोड ९९ लाख र सशर्त पूँजीगत तर्फ रु. ६७ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु.२ करोड ५० लाख, संघीय समपुरक अनुदान रु. २ करोड ५९ लाख, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु. १ करोड ४१ लाख ३५ हजार, प्रदेश बिशेष अनुदानमा मा रु. ४६ लाख र समपुरक अनुदान अन्तर्गत प्राप्त रु. ४८ लाख ८ हजार सवारी साधन कर बाँडफाँड शिर्षकमा प्राप्त रु. ६३ लाख ३६ हजार प्रदेश सशर्त अनुदानमा रु. १ करोड ७० लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत . १ करोड ५० लाख, आगामी आ.व.को लागी प्रक्षेपित आन्तरिक आयश्रोत तर्फ रु. ५ करोड ९० लाख ५७ हजार ६७ रुपैया, चालु आ.व.वाट खर्च नभई वाँकी रहन सक्ने अनुमानित रकम . १० करोड ५० लाख, सामाजिक सुरक्षा तथा संरक्षणतर्फ प्राप्त रकम रु. २१ करोड, आय अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि चालू खर्च तर्फ ७४ करोड ४९ लाख विनियोजनको प्रस्ताव गरिएको छ र कूल पूँजीगत खर्च २९ करोड ७ लाख ३६ हजार ६७ रुपैया प्रस्ताव गरिएको छ । स्थानीय तहहरूको कार्यान्वयन पश्चात जनताहरूमा धेरै अपेक्षाहरू बढेर आएका छन् । वस्ती बस्तीमा स्थानीय तहको अनुभूति पुर्याउने लक्ष्य अघि सार्दै आगामी आर्थिक वर्षका लागि हरेक वडाहरू समानुपातिक बिकासका लागि आबश्यक श्रोत सुनिश्चितता गरी सोही वडा अन्तर्गतबाट जनताहरूले प्रस्ताव गरी पठाइएका आयोजना तथा कार्यक्रमहरूलाई छनौट गरिएको छ । वडा स्तरबाट प्राथमिकीकरण भई आएका आयोजनाहरूमा कूल बजेट ५ करोड ५४ लाख ४० हजार विनियोजन गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत अनुमानित १४ करोड ४६ लाख भएकोमा वास्तविक आय १३ करोड २२ लाख ३६ हजार ७ सय मात्र प्राप्त भएको जनाएको छ ।

राजश्व बाँडफाँडबाट १३ करोड ५ लाख १९ हजार ७७ रुपैया प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म ११ करोड १५ लाख ३७ हजार मात्र प्राप्त भएको छ । प्रदेश सरकारवाट अनुमानित वित्तिय समानीकरण अनुदान १ करोड ३८ लाख २५ हजार भएकोमा रु. १ करोड २६ लाख ४२ हजार रकम प्राप्त भएको, चालु आ.ब.मा संघीय सरकार र प्रदेश सरकार मार्फत प्राप्त हुने समानीकरण र राजश्व बाडफाँड वापत प्राप्त हुने अनुमान गरिएको कुल अनुदान रकम भन्दा . ३ करोड १९ लाख ४४ हजार घटी प्राप्त भएको छ । बेदकोट नगरका मेयर भोजराज बोहराले आउँदो आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको बताए । मेयर बोहराले नगरका सबै चक्रपथ जोड्ने सडक सञ्जाल विस्तारदेखिका योजना कार्यक्रम प्राथमिकतामा राखेको बताए ।
साथै बेदकोट नगरका चार जना एमबिबिएस तथा बिडिएस अध्ययन विद्यार्थीलाई प्र्रोत्साहन बाफत १ लाख र अर्थशास्त्र विषयमा विद्यावारीधी (पिएचडी ) गरेका सुप विश्वविद्यालयका उपप्राध्यापक राम प्रशाद चटौतलाई ५१ हजार नगद सहित सम्मान गरिएको छ । मेयर बोहराले गत विगतकैनगरका गौरबका योजना सहित कोल्डस्टोर, कृषि एम्बुलेन्स, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खेलकुद, स्थानीय रोजगार, पर्यटन समाजिक विकास सहितका कार्यक्रम संचालन गरिनेछन । बेदकोट नगरको क्षेत्रमा पर्ने पुर्वपश्चिम महेन्द्रराजमार्गको विस्तार सुुरक्षाका लागि संघीय सरकारलाई गर्ने सबै सहयोग गरिने बताए ।







