कञ्चनपुरमा पहिलो पटक फुटबल प्रशिक्षणका लागि एन्फा प्रशिक्षक सिंह लाई महेन्द्रनगरमा स्वागत

“एन्फा कम्युनिटी कोर्ष” को लागि हेडअफ कोच एजुकेसन संजित सिंहलाई जिल्ला फुटबल संघ अध्यक्ष चन्द लगायतले गरे स्वागत!


महेन्द्रनगर: कञ्चनपुर जिल्लामा पहिलो पटक फुटबल प्रशिक्षण प्रशिक्षकका लागि हेडअफ कोच एजुकेसन संजित सिंहलाई जिल्ला फुटबल संघ अध्यक्ष गणेश बहादुर चन्द लगायतले महेन्द्रनगरमा स्वागत गर्नुभएको छ।

जिल्ला फुटबल संघको आयोजना दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको “एन्फा कम्युनिटी कोर्ष–२०२६” को लागि महेन्द्रनगर जिल्ला अध्यक्ष चन्द र महासचिव नितेश रावल लगायतले एन्फा हेडअफ कोच एजुकेसन संजित सिंहलाई स्वागत गरेको हो।

जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि वि.सं. २०६०, २०७४ र २०८२ सालमा सफलतापूर्वक सम्पन्न भएता पनि फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि पहिलो पटक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागेको जिल्ला फुटबल संघका अध्यक्ष चन्दले बतानु भयो।

फुटबल प्रशिक्षक प्रशिक्षण तालिम २०८३ असार ०१ गते बिहान ८:०० बजे होटल न्यू आनन्द, सभा हलमा उद्घाटन हुने कार्यतालिका रहेको छ। प्रशिक्षक प्रशिक्षण तालिम असार १ देखि ४ गते सम्म सञ्चालन हुने छ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला लगायतका विभिन्न क्षेत्र बाट इच्छुक ४५ जना प्रशिक्षार्थीहरु लाई समावेश गरिएको संघले जनाकरी दिएको छ। महेन्द्रनगर कञ्चनपुर जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन हुन लागेको यस प्रशिक्षण कार्यक्रमप्रति खेलप्रेमी तथा सरोकारवालाहरूको विशेष चासो रहेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img