कञ्चनपुर । तातो हावा लू चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले घर बाहिर निस्कने सर्वसाधारणको सहजताका लागि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको विभिन्न स्थानमा चिसो खानेपानी वितरण सुरु गरिएको छ् । अत्यधिक गर्मीको बेला घर बाहिर निस्केका सर्वसाधारण खानेपानीको समस्या देखिएपछि उनीहरुको सहजताको लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) परियोजना र केही ब्यक्तीहरुले कागती पानी वितरण सुरु गरिएको बताइएको छ् ।


नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) ले अत्यधिक गर्मीको कारण सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्ध–बृद्धा तथा स्थानियहरुलाई लक्षित गरि कागती पानी वितरण सुरु गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) का कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभएको छ् । गर्मी बढ्दै जाँदा सामाजिक सुरक्षा भत्ता तथा दोधारा चाँदनी नगरपालिकाको भिडभाड हुने क्षेत्रमा सर्वसाधारणको स्वास्थ्यको ख्याल राख्दै कागती पानी बितरण तथा गर्मीबाट बच्ने सचेतनामुलक कार्यक्रम संचालनलाई निरन्तरता दिदै जाने ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) का कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभयो ।


यस्तै दोधारा चाँदनी नगरपालिका– ६ हेल्थपोष्ट बजार क्षेत्रलाई लक्षित गरि भिम आले मगरले गर्मीलाई सर्वसाधारणको सहजताको लागी चिसो सर्वत पानी बितरण गर्नुभएको हो । स्थानियबासीहरुले गर्मीको समयमा संस्था तथा ब्यक्तीले दोधारा चाँदनी नगरपालिकामा सञ्चालन गरेको चिसो कागती बितरण प्रशंसनिय तथा मानविय कार्य भएको बताएका छन् ।







