कञ्चनपुर-३ का सांसद महता नागरिकका समस्या बुझ्न पुगे भिमदत्त-९ खल्ला मुसेटीका बस्तीमा


दोधारा । भीमदत्त नगरपालिका–९ खल्ला मुसेटीमा स्थानीय नागरिकका समस्या बुझ्न कञ्चनपुर-३ का प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महता बस्तीमै पुग्नुभएको छ।

उक्त अवलोकन तथा छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरका इन्जिनियर विशेष शाह तथा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बमको समेत सहभागिता रहेको थियो ।

स्थानीय बासिन्दाले करिडोर निर्माण ढिलाइ र अनियमित विद्युत सेवाका कारण दैनिक जीवन प्रभावित भएको गुनासो गरेका थिए। उनीहरूले तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काेइरालाले महाकाली करिडाेर निर्माण कम्पनीलाई काम अगाडि बढाउन निरर्देशन समेत दिएका छन् ।


ताजा समाचार

spot_img