बीना मगर जिताउन बेलौरीका काँग्रेस, एमाले, रास्वपा, राप्रपाका कार्यकर्ता नेकपामा


कञ्चनपुर : नेकपाकी महिला नेतृ कञ्चनपुर १की उम्मेदवार बीना मगर जिताउनका लागि बेलौरीका काँग्रेस, एमाले, रास्वपा, राप्रपाका स्थानीय कार्यकर्ताहरु नेकपाका प्रवेस गरेका छन । शनिबार बेलौरीको सिहपुर सहितका विभिन्न गाँउबस्तीबाट काँग्रेस, एमाले, रास्वपा, राप्रपाका स्थानीय कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटी प्रवेस गरेका हुन । नेकपा कञ्चनपुरका नेता अमर चौधरीले महिला नेतृ बीना मगर जिताउन महिला सहितका विभिन्न दलबाट नेकपामा प्रंवेस गरेको बताए ।

उनका अनुसार काँग्रेसबाट मंगलराम चौधरी, जानकी चौधरी,विस्ना चौधरी, एमालेबाट सुमित चौधरी, कमल चौधरी,दिवजन चौधरी,चाँदनी चौधरी, गणेश चौधरी,पतिराम चौधरी, राम ब. चौधरी, रास्वपाबाट जनकराज अवस्थी, प्रेम धामी, राप्रपाबाट मदन शाही,राम ब. चौधरी, प्रभु चौधरी र महिला अगुवा सतरामी चौधरी, सिता चौधरी सहित रहेका छन । उनीहरुलाई नेकपाका नेताहरुले पाटीमा स्वागत गरेका छन । महिलाको पीडा बुझ्ने भन्दै आफुहरुले महिला नेतृ भएको पाटी नेकपा रोजेको बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img