मर्निङ ग्लोरी सेकेन्डरी स्कूलमा विज्ञान प्रदर्शनी सम्पन्न


कञ्चनपुर : भीमदत्त नगरपालिका–१८, जानकी टोलमा रहेको मर्निङ ग्लोरी सेकेन्डरी स्कूलले विज्ञान प्रदर्शनी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। माघ २३ गते शुक्रबार आयोजित उक्त विज्ञान प्रदर्शनीमा विद्यालयका विद्यार्थीहरूले आफ्नो कला, सिप र सिर्जनशीलताको प्रस्तुति दिएका थिए।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै विभिन्न विज्ञान सामग्री प्रदर्शन गरेका थिए। विशेष गरी साना नानीबाबुहरूले तयार पारेका सामग्रीलाई अभिभावकहरूले निकै रुचिपूर्वक अवलोकन गरेका थिए।

विद्यालयका प्रधानाध्यापक चुणमणी शर्माका अनुसार, “कक्षाकोठामा पढाइने शिक्षासँगै यस्ता अतिरिक्त कार्यक्रमले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्छ।” उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा प्रयोगात्मक सोच र आत्मविश्वास बढाउने बताउनुभयो।

प्रदर्शनीमा विद्यार्थीहरूले रिमोट कन्ट्रोल कार, लन्डन ब्रिजको मोडेल, बोटबिरुवाका भागहरू, पारिस्थितिक प्रणाली (इकोसिस्टम), तथा साना प्रयोगशालाका सामग्रीहरू प्रस्तुत गरेका थिए। विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रदर्शनीलाई शिक्षक, अभिभावक तथा कक्षा १२ सम्मका विद्यार्थीहरूले अवलोकन गरेका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img