कम्प्युटर अपरेट भीम विष्ट पुरस्कृत


कञ्चनपुर : आन्तरिक राजस्व कार्यालय बाँके नेपालगञ्जले एक प्राविधिक कर्मचारीलाई सम्मान एव पुरस्कृत गरेकोछ । आन्तरिक राजस्व कार्यालय बाँके नेपालगञ्जले राष्ट्रिय कर दिवस ०८३को अवसरमा कार्यालयले कम्प्युटर अपरेटर भीम बहादुर विष्टलाई सम्मान गरेको हो ।

प्रमुख कर अधिकृत प्रेमप्रकास उपाध्याय,प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामाङ्ग र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले हस्ताक्षर गरेको प्रसंसा पत्रमा कार्यालयमा रहेर उख्लेख्यनिय कामकाज गरेको भन्दै सम्मान गरेको जनाएका छन ।

यस अघि आन्तरिक राजस्व कार्यालय कञ्चनपुरमा रहदा समेत विष्टले उत्कृष्ट कार्य गर्दै आएका छन । विष्टले सेवाग्राहीदेखि कार्यालयको कामकाज शिघ्र सम्पादनका लागि भूमिका निर्वाह गर्दै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img