दोधारा चाँदनीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आउदो बुधवारबाट


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सञ्चालन हुने भएको छ् । बिद्यालयका प्रधानध्यापक र नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको एक बैठकले आउदो मंगलवार अर्थात १६ गते देखि १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो । आउदो १६ गते १८ गते सम्म १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सञ्चालन हुने नगर खेलकुद बिकास समितिले निर्णय गरेको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् ।

सामुदायिक र संस्थागत गरि १२ वटा माध्यमिक बिद्यालयहरु प्रतियोगितामा सहभागी हुने दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । यस पटक राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सकिए लगत्तै थप २ दिनको लागी आधारभुत तहका सामुदायिक र संस्थागत बिद्यालयहरुलाई समेटर प्रतियोगिता सञ्चालन गर्ने समेत निर्णय गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थीको नियमित पढाईका अतिरिक्त विद्यार्थीले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि बिद्यालय उद्गम थलोका रुपमा रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभयो ।

मेयर लिम्बुले प्रतियोगितामा सबै विद्या तर्फ स्वतन्त्र, निष्पक्ष रुपमा खेलकुद प्रतियोगिता छनौट देखि जितको शुभकामना दिनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img