कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको संसद पुरै कार्यकाल जाने जस्तो भएको दावि गरेका छन । मंगलबार महेन्द्रनगरमा राप्रपा कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङदेनले अहिलेका ससद पनि ५ बर्ष जाने कुनै ग्यारेन्टी नभएको दावि गरेका हुन । अहिले देशमा प्राकृतिक संकट जस्तै राजनीतिमा समेत संकट आएको, भू राजनीतिक हिसाबले जटिलता उत्पन्न भएकाले अहिले ससद पुरै अवधि जानेमा आशका व्यक्त गरेका छन ।

गत २१फागुन ०८२मा भएको निर्वाचनमा जनता कुनै दलका नभएको बताउँदै आँधिहुँरीमा पनि पाटी जोगिएकाले देशलाई राप्रपाको आवश्यक रहेको सकेत गरेको बताए । उनले रास्वपाप्रति लक्षित गरेर कुहिरोमा हराएको काग जस्तै भएको संज्ञा दिएका छन । पुर्व उपप्रधानमन्त्री समेत भएका उनले रास्वपाले बहुमत ल्याएपनि समान्य प्रशासन समेत चलाउन नसकेको आरोप लगाएका छन ।

उनले विगतमा जनताले माओवादीको बन्दुक र अहिले रास्वपाको फेसबुक डरले प्रशन गर्न नसक्ने अवस्था रहेको दावि गरेका छन । उनले आगामी महाधिवेशनबाट राप्रपा सुधारिएको, बलियो हुने विश्वास व्यक्त गरेका छन । पाटीभित्रको आन्तरिक वाद विवादले पाटी चुस्तदुरुस्त सचालन हुन नसकेको बताउँदै बागमतीमा पाटीको निर्णय विपरित राप्रपाका सासद सरकारमा सहभागि भएको संज्ञा दिएका छन ।











