तीन दिने राजनीतिक साक्षरता तालिम सुरु


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा राजनीतिक साक्षरता तालिम सुरु भएको छ।

एलजिबिटीक्यूए प्लस समुदायको सुरक्षित तथा अर्थपूर्ण राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई थप सशक्त बनाउने उद्देश्यले तीनदिने प्रादेशिक राजनीतिक साक्षरता तालिम सुरु भएको हो।

“लैङ्गकि तथा यौनिक अल्पसंख्यक समुदायको सुरक्षित तथा अर्थपूर्ण राजनीतिक सहभागिता र प्रतिनिधित्व” भन्ने मुख्य विषयमा सञ्चालन भइरहेको तालिममा मानव अधिकार रक्षक, एलजिबिटीक्यूए प्लस समुदायका सदस्य, नागरिक समाज संस्था तथा युवा नेतृत्वकर्ताहरूको सहभागिता रहेको छ।

महेन्द्रनगरस्थित होटल चेतनमा सञ्चालन भइरहेको तालिम सेप्टेम्बर १५ देखि १७, २०२६ अर्थात् भाद्र ३० देखि असोज १ गतेसम्म सञ्चालन हुनेछ। तालिमको आयोजना निल हिरा समाजले गरेको हो। प्राईड परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमलाई युरोपियन युनियनले वित्तीय तथा डिसिए नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको हो।

कार्यक्रमको सभापतित्व सहयात्रा नेपाल तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको महासंघका अध्यक्ष राजु लामा प्रमुख अतिथि भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशी रहनु भएको थियो।

तीन दिने तालिममा सुदूरपश्चिम र कर्णाली प्रदेशका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। तालिमले एलजिबिटीक्यूए प्लस समुदायका व्यक्तिहरूलाई राजनीतिक प्रक्रियामा सुरक्षित, समान र अर्थपूर्ण रूपमा सहभागी हुन आवश्यक ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। साथै, राजनीतिक सहभागिता र प्रतिनिधित्वमा देखिएका चुनौती पहिचान गर्दै समुदायको अधिकार, आवाज र नेतृत्वलाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img