सुदूरका युवाद्वय शाहद्वारा काठमाण्डौँमा नयाँ उद्यम शुरु


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका स्थानीय काठमाण्डौँमा व्यवसाय गर्दै आएका दुई युवाले फेरी नयाँ व्यवसाय शुरु गरेका छन । कञ्चनपुरको बेलडाँडी घर भएका सुदूरका युवा व्यवसायीद्वय नरेन्द्र बहादुर शाह र आर्यन शाह ठकुरीले संघीय राजधानी काठमाडौंस्थित शंखमूल क्षेत्रमा नयाँ व्यवसायको थालनी गरेका हुन । युवाद्वय शाह र ठकुरीले रेस्टुरेन्ट व्यवसायपछि शाहले शाहिनूर युनिसेक्स सलोनको सञ्चालन गर्दै काठमाडौंसम्म व्यवसायिक यात्रा विस्तार गरेका छन् भने ठकुरी पहिल्यैदेखि सौन्दर्य व्यवसायी थिए ।

सञ्चालक ठकुरीले भने सो सलोनको ९औँ शाखाका रुपमा शंखमूलमा नयाँ व्यवसाय थालिएको बताउँदै सो सैलोनको नेपाल प्रहरीका प्रमुख, आईजीपी दानबहादुर कार्कीले उद्घाटन गरेका छन । उद्घाटन गर्दै आईजी कार्कीले युवाले मातृभूमिमै देखाउनेको पौरख देखाउनुपर्नेमा जोडदिए । शाहिनूर स्पा ०७९ सालदेखि सौन्दर्य व्यवसाय क्षेत्रमा सक्रिय रहेको बताइएको छ। सलोनले काठमाडौंमा नयाँ शाखा थपेसँगै आफ्नो सेवाक्षेत्र अझ विस्तार गरेकोछ । नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले शाह र ठकुरीले नयाँ शाखासहित व्यवसाय थालेकोमा आईजीपी कार्कीले बधाई एवं शुभकामनासमेत दिएका थिए।

नयाँ शाखामा महिला तथा पुरुष दुवैका लागि हेयर स्टाइलिङ, स्किन केयर, मेकअप, फेसियल, स्पा, ब्राइडल मेकअप तथा अन्य आधुनिक सौन्दर्य सेवाहरू उपलब्ध रहेको जनाइएको छ। दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र गुणस्तरीय सेवाका कारण शाहीनूर युनिसेक्स सलोन ग्राहकको पहिलो रोजाइ बन्ने देखिन्छ। आगामी दिनमा देशका अन्य शहरहरूमा पनि सेवा विस्तार गरिने जनाइएको छ। सलोनबाट दर्जनौँ युवायुवतीहरूले प्रत्यक्ष रोजगारी पाएका छन । यसरी युवाले स्वदेशमै लगानी उद्यम गर्न थालेपछि युवा जनशक्तिदेखि सेवाग्राहीदेखि राज्यलाई समेत लाभ भएको जनाईको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img