दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर स्तरिय महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ् । र खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनमा दोधारा चाँदनी नगरपालिका– ६ भानु माध्यमिक बिद्यालयको प्रांगणमा नगर स्तरिय महिला भलिवल प्रतियोगिता सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालय खेलकुद बिकास शाखाका शाखा प्रमुख पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । जारी नगर स्तरिय महिला भलिवल प्रतियोगिताको फाईनल खेलमा केएसडीएन बिजयता र एलवेन स्टार उप–बिजयता भएका छन् ।

प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका १० टिम सहभागी रहेको उहाँले बताउनुभएको छ् । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ३१ हजार नगद र प्रत्येक खेलाडीलाई खेलकुद पोशाक र द्धितिय हुने टिमलाई रु. २१ हजार नगद धनरासी र प्रत्येक खेलाडीलाई खेलकुद पोशाक तथा प्रमाण पत्र तथा मेडल प्रदान गरिएको खेलकुद बिकास शाखाका शाखा प्रमुख पदम बहादुर सिंहले बताउनुभएको छ् ।

नगर स्तरिय महिला भलिवल प्रतियोगितामा आफ्नो मन्तब्य राख्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले प्रतियोगितामा महिलाहरुको उत्साहजनक उपस्थिती रहेको बताउनुभएको छ् ।

भलिवल खेललाई अझै उचाई सम्म पुर्याउन आगामी दिनमा भलिवल रेफ्री र लाईन मेन उत्पादनको लागी तालिम सञ्चालन गर्ने नगर प्रमुख किशोर कुमार लिम्बुले प्रतिबद्धता जाहेर गर्नुभएको छ् ।






